घनश्याम भण्डारी
२६ पुस, उर्लाबारी/ मोरङको मधुमल्ला गाविसले १ करोड ३१ लख रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ ।
गाविस कार्यालयले आज मंगलबार आर्थिक वर्ष २०७३÷७४ को एकिकृत योजना तर्जुमा गोष्ठी तथा २२ औँ गाउँ परिषद्को आयोजना गर्दै बजेट सार्वजनिक गरेको हो । गाविस कार्यालयले चालु आर्थिक वर्षमा आन्तरिकतर्फ ६१ लख ९ हजार ६६१ र सरकारी अनुदानबाट ७० लाख २ हजार रुपैया प्राप्त हुने उल्लेख छ । जसअन्र्तगत मालपोतबाट ५ लाख र जिल्ला विकाश समितिबाट प्राकृतिक श्रोत उपयोगबाट ७ लाख रुपैया प्राप्त हुने जनाईएको छ ।
गाविसले यसवर्ष आफ्नो गाउँ आफै बनाऊ भन्ने गौरवशाली योजनाका लागि १८ लाख ४८ हजार रुपैया छुट्याएको छ । स्थानिय निकायको पुर्नसंरचामा मधुमल्लाको ७, ८ र ९ नम्बर वडालाई उर्लाबारी नगरपालिकामा समाहित गर्ने प्रस्ताव गरिएपछि ति वडामा आफ्नो गाउँ आफै बनाऊ योजनाका लागि बजेट नछुट्याएको भन्दै सो वडाका प्रतिनिधिले भने आपत्ति जनाएका छन् ।
कार्यक्रम एकल महिला समुह मधुमल्लाकी अध्यक्ष विष्णुकुमारी तामाङको प्रमुख आतिथ्यता तथा गाविस अध्यक्ष चन्द्रप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।