एमाले आठौ अधिवेशन, दुवै पक्ष कार्यकर्ता तान्ने होडवाजीमा

खबर पूर्वाञ्चल, २६ पुष २०७३, मंगलवार २०:४२
तस्वीर -अनलाइन खबर
२६ पुस, विराटनगर / सोमबारदेखि विराटनगरमा शुरु एमाले मोरङको आठौं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन हुदैछ ।
मंगलबार प्रतिवेदन माथिको छलफल सकिएको छ । एमालेको निर्वाचनको सरगर्मी विराटनगरमा बढेको देखिन्छ । ८ सय ८२ जना प्रतिनिधि र उमेद्धवारलाई जिताउन खटिएका सहयोगी कार्यकर्ता सहित करिब दुई हजार एमालेका कार्यकर्ता विराटनगरमा जम्मा भएका छन् ।
बन्दसत्रमा प्रस्तुत गरिएका प्रतिवेदनले महेश रेग्मी र विनोद ढकाल दुवै पक्षले आफ्नो पक्षमा माहोल बनेको दावि गरिरहेका छन् । आफ्नो पक्षमा माहोल बनाउन दुवै पक्षले लभिङ गरिरहेका छन्, भने एक अर्का विच आरोप प्रत्यारोप पनि चलिरहेको छ ।
संविधानसभामा तीन निर्वाचन क्षेत्र जितेको विषयलाई रेग्मी पक्षले उठान गरिरहेको छ । अध्यक्ष रेग्मीले पेस गरेको प्रतिवेदन माथि रेग्मी पक्षका प्रतिनिधिहरुले उत्कृष्ठ भएको टीप्पणी गरिरहेका छन् । भने ढकाल पक्षले फितलो भएको बताइरहेका छन् ।
दुवै पक्ष आफ्नो पक्षमा माहोल बनाउन एक अर्कालाई कमजोर देखाइरहेका छन् । अझ पर्शुराम बस्नेतको विषय जोडेर रेग्मी पक्षले आफ्नो माहोल बनाइरहेको छ । एमाले तर्फबाट समानुपातिक सासंद राज्यलक्ष्मी गोल्छा प्रकरणलाई जोडिएको छ ।
अधिवेशनमा सहभागी प्रतिनिधि सन्तोष बान्तवाले अहिलेको नेतृत्वले जनताको मन जित्न नसकेको तर्क गर्छन । मोरङ क्षेत्र नं ८ का प्रतिनिधि बान्तवाले अघिल्लो अधिवेशनमा ८ नम्बर क्षेत्रमा ढकालको उपस्थिती कमजोर रहेपनि हाल बहुमत प्रतिनिधिहरु ढकालको पक्षमा देखिएको बताउँछन्  ।
कार्यकर्ताले चार वर्षे कार्यकालको मूल्याङ्कन गरिसकेको बताउँदै मोहन अधिकारी ढकालको पल्ला भारी भएको बताउँछन् ।
रेग्मी पक्षबाट सचिवमा दावि गरिरहेका रुपेश खतिवडालाई अन्तिममा व्याक गरिएपछि रेग्मी पक्षका यूवापंक्ति नैरास्यता छ । तर पनि आफ्नो पक्ष कमजोर नरहेको रेग्मी पक्षको दावि छ ।
मधुमल्लाका प्रतिनिधी मच्छिन्द्र कुमार कार्की गाउँको माहोल र बजारको माहोल फरक रहेकाले चुनावमा ढकाल या रेग्मी कस्ले जित्छन् भनेर दावी गर्न नसकिने बताउँछन् । रेग्मीपक्षधर गंगा बास्तोलाले महेश रेग्मीको जित नजिक रहेको बताउँछन् ।
उमेद्धवार को को ?
दुबै समूहले आफ्नो टीमको पदाधिकारीको अन्तिम टुंगो लगाएका छन् । सवै समुहलाई समेटने गरी दुवै पक्षले पदाधिकारीको टुङ्गो लगाएका छन् । विनोद ढकाल पक्षले उपाध्यक्षमा ऋषिकेश पोखरेललाई उठाएको छ भने रामलाल साहलाई सचिवमा उठाउने भएको छ ।
महेश रेग्मी पक्षले उपाध्यक्षमा सत्यनारायण चौधरीलाई उठाउने भएको छ । रेग्मी समूहले वर्तमान सहसचिव विद्या चाम्लिङलाई सचिवको उम्मेदवार बनाएको छ । रेग्मी समूहले सह सचिवमा राजकुमार ओझाको नाम अघि सारेको छ भने ढकाल समूहका तर्फबाट सहसचिवको उम्मेदवार धना तामाङ बनाएको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५