AArya
RUMPUM
animated ellipse animated ellipse

आमा मोबाइलमा व्यस्त हुँदा ४ वर्षे छोराको डुबेर मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ पुष २०७३, आईतवार २०:३५
3
Shares
२४ पुस,बेइजिङ/ मोबाइलमा अत्याधिक समय बिताउदा कहिले काही कल्पनै नगरिएको घटना हुने गर्दछ।
यस्तै घटना भएको छ, चीनको सियानयोङमा। फोनमा अधिक व्यस्त रहदा एक चिनियाँ महिलाले आफ्नो ४ वर्षे छोरा गुमाएकी छिन्। चिनियाँ महिला सियाओ यसै साता छुट्टी मनाउन ४ वर्षको आफ्नो छोरासँगै सियानयोङको एउटा रिसोर्ट पुगेकी थिइन्।
आफू बसेको रिसोर्टको पौडी पोखरीमा ४ वर्षे नाबालक छोरालाई छोडेर केही समय फोनमा व्यस्त रहँदा छोराको पानीमा डुबेर निधन भयो।
आमाको निगरानीबाट बाहिर हुने वित्तिकै बच्चा पुलको गहिरो पानी भएको ठाउँमा गएको सीसीटिभी फुटेजमा भेटिएको छ। बच्चासँगै पौडी पोखरीमा प्रवेश गरेकी सियाओ आफ्नो मोबाइलको घण्टी बजेपछि फोनमा व्यस्त भएकी थिइन्। त्यति नै बेला बच्चा तैरिदै पोखरीको तीन मिटर अगाडि गहिरो स्थानमा पुगेको थियो।
भिडियो फुटेजमा आमा सियाओ फोनमा व्यस्त रहेको बेला उनको छोरासमेत सात जना पौडी पोखरीमा देखिएका थिए। हेर्दा हेर्दै बच्चा पानीमा डुबेको थियो। यतिबेला आमा मात्र होइन, पोखरीमा रहेका अन्य व्यक्तिको पनि ध्यान बच्चातर्फ नगएको प्रष्ट देखिन्छ।
करिब तीन मिनेट पानीमा हात र खुट्टा बजारेपछि बच्चा साढे तीन फिट गहिरो पोखरीमा डुबेर मरेको थियो। सियाओका साथीहरूले फोनमा लामो कुरा गरेपछि आफ्नो साथीलाई छोरा याद आएको बताएका छन्।
यसपछि मात्र छोराको खोजी भएको बताइएको छ। करिब एक घण्टा लामो खोजी कार्यपछि पौडी पोखरीको मुनी बच्चाको मृत्य शरीर फेला परेको थियो। पौडी पोखरी शुन्य दशमलव ३ देखि १ दशमलव ३ मिटर गहिरो रहेको बताइएको छ। अहिले पौडी पोखरीलाई पूर्णरुपले बन्द गरिएको छ। घटनाको स्थानीय प्रहरीले अध्ययन गरिरहेको बताइएको छ।
चीनको वेभसाइट पीपुल्स डेली अनलाइनले आफ्नो सोशल मिडिया साइटमा यस घटनाको भिडियो पोस्ट गरेको छ। (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर