AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमाले मोरङ अधिवेशन सोमवारदेखि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ पुष २०७३, आईतवार २०:१९
3
Shares
२४ पुस, विराटनगर / नेकपा एमाले मोरङको  आठौ जिल्ला अधिवेशन विराटनगरको विरेन्द्र सभा गृहमा सोमवार देखि सुरु हुने  छ ।अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
अधिवेशनको उदघाटन सत्रमा सहभागि हुन एमाले अध्यक्ष केपी ओली, महसचिव इश्वर पोखरेललगायत केन्द्रिय नेताहरु उपस्थित हुने भएका छन् ।
आठौ अधिवेशनकाबाट नयाँ नेतृत्वकालागि वर्तमान अध्यक्ष महेश रेग्मी र पूर्व अध्यक्ष विनोद ढकाल चुनावी मैदानमा उत्रिदै छन् । केपी ओली पक्षबाट ढकालले अध्यक्षमा दावेदारी दिने छन भने माधव नेपाल पक्षबाट रेग्मीले उमेद्धवारी दिने भएका छन् ।
आठौ अधिवेशनमाकालागि जिल्लाबाट ८ सय ८२ प्रतिनिधी सहभागि हुने छन् । अधिवेशनलाई सहज बनाउन एक सय १५ जना स्यमसेवक परिचालन गरिने छ । अधिवेशन सफल बनाउन विभिन्न १४ वटा उपसमितिहरु गठन गरिएको एमाले मोरङ अध्यक्ष महेश रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार तीन दिन सम्म सञ्चालन हुने अधिवेशनमा २५ लाख खर्च हुने अनुमान गरिएको छ । उदघाटन सत्र विरेन्द्र सभागृहमा आयोजना गरिएपनि बन्दसत्र अतिथि सदनमा आयोजना गरिने अध्यक्ष रेग्मीले जानकारी गराए ।
आज आइतवार विराटनगरमा पत्रकार सम्मेलन गर्दै रेग्मीले चार बर्षे कार्यकालमा महत्वपूर्ण काम गरिएको दावि गरे । २०६९ साल पुस १३–१५ सम्म चलेको अधिवेशनले निर्वाचित जिल्ला समितिले चार बर्षमा एमाले पाटीलाई अझ ससक्त बनाएको रेग्मीको भनाई छ । मोरङ जिल्लामा रहेको १० हजार क्रियासिल सदस्यतालाई बढाएर २० हजार पूर्याएको उनको भनाई छ ।
सोमवारबाट सुरु हुने अधिवेशनमा पेस गरिने राजनीतिक, संगठनिक तथा आर्थिक प्रतिवेदन शनिवार बसेको बैठकले पारित गरेको रेग्मीले जानकारी दिए । अधिवेशनले देशमा देखिएको राजनतिक गतिरोध अन्त्यकालागि उपयुक्त धारण तयार गर्ने रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर