RUMPUM
animated ellipse animated ellipse

सातौंको स्वर्णधारी एपिएफलाई ३–० ले स्तब्ध पार्दै झापालाई उपाधि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ पुष २०७३, शनिबार २०:३८
3
Shares
२३ पुस, झापा / रमपम झापा ११ले दोस्रो काँकडभिट्टा मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि हात पारेको छ । उपाधिसँगै झापाले नगद चार लाख एक हजार हात पारेको छ ।
आज शनिबार काँकडभिट्टा माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा झापाले पूर्वाञ्चलमा सम्पन्न सातौ बृहत खेलकुदको फुटबलमा स्वर्ण पदक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लव काठमान्डौंलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपविजेता एपिएफले दुई लाख एक हजारमा चित्त बुझाएको छ ।
खेलको ७७ औँ मिनेटमा एपिएफका टोप विष्टले आत्मघाती गोल गरेका थिए । ९० औँ मिनेटमा झापाका कर्ण लिम्बूले गोल गरेका थिए भने खेलको अन्तिम समयमा लिम्बूले नै अर्को गोल गर्दै आफ्नो टिमलाई ३–० को जित सुनिश्चित गराएका थिए । फाइनल खेलको म्यान अफ द फाइनल फापाका विशाल राइ ए घोषित भए
काँकडभिट्टा फुटबल प्रशिक्षण केन्द्रले आयोजना गरेको प्रतियोगिताका उत्कृष्ट खेलाडी झापा ११ का योगेश गुरुङ घोषित भए । उनले २५ हजार पाएका छन् भने प्रतियोगिताभर सर्वाधिक गोल गरेका झापा ११ कै कर्ण लिम्बूले १५ हजार पाए ।
ए डिभिजनका खेलाडी सहभागी उक्त प्रतियोगिता पुस १६ गतेबाट सञ्चालन भएको थियो । प्रतियोगितामा आठवटा टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर