RUMPUM
animated ellipse animated ellipse

संक्रान्तिबजार राहत कोषमा साढे १६ लाख संकलन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ पुष २०७३, शनिबार २०:०६
3
Shares
२३ पुस,तेह्रथुम / तेह्रथुमको आठराई संक्रान्तिबजारका अग्नी पीडितका लागि ‘संक्रान्तिबजार राहत तथा पुनःस्थापना कोष’ मा साढे १६ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।
नेपाल बैंकमा जिल्ला दैवी प्रकोप उद्धार समितिले सञ्चालन गरेको कोषमा तेह्रथुमका विभिन्न संघसंस्थासहित छिमेकी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा लगायतबाट राहत सहयोग संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी जयप्रकाश बस्नेतले जानकारी दिए ।
अग्नीपीडितको पुनःस्थापना तथा पुनःनिर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री राहत कोषबाट १ करोड र कांग्रेस नेतृ तथा सांसद सीता गुरुङले १५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
अग्नीपिडितका लागि संकलित रकम दैवी प्रकोप उद्धार समितिको बैठक र स्थानीयसँग परामर्श गरी प्रचलित मापदण्डमा आधारित रहेर वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।
संक्रान्ति बजारमा गत पुस १ गते भएको भिषण आगलागीमा परी २४ घर पूर्ण रुपमा जलेका थिए भने ५ घरमा आंशिक रुपमा क्षति भइ कुल १४ करोड ८ लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको थियो । आगलागीबाट ७३ परिवार विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर