AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

५ सय र १ हजारका भारुको समस्या छिट्टै समाधान हुन्छ-गभर्नर नेपाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ पुष २०७३, शनिबार १९:२९
3
Shares
२३ पुस, विराटनगर /नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवि नेपालले भारु सटहीको समस्या छिट्टै समाधान हुने बताएका छन् ।
नेपाल राष्ट्र बैंक विराटनगरले आज शनिबार विराटनगरमा आयोजना गरेको पूर्वाञ्चल क्षेत्रको समसामयिक आर्थिक तथा बैंकिङ गतिविधि, वित्तीय पहुँच र समावेशीकरण विषयक कार्यक्रममा गभर्नर नेपालले ५ सय र १ हजारका भारु सटहीका लागि राष्ट्र बैंकले गम्भीर रुपमा काम गरिरहेको बताए । उनले वार्ताका लागि भारतीय परराष्ट्र मन्त्रालयले नेपाल सरकारलाई पत्रसमेत पठाइसकेको जानकारी दिए ।
भारतले भ्रष्टाचार र कालोधन नियन्त्रणका लागि भन्दै ठूला नोटमा प्रतिबन्ध लगाएपछि त्यसको प्रत्यक्ष असर नेपालीमा पनि परेको छ । आफूहरुसँग रहेका ठूला भारुको सहज रुपमा सटहीको व्यवस्था मिलाउन सरकारसँग उद्योगी व्यवसायीसहित सर्वसाधारणले माग गर्दै आएका छन् ।
त्यस्तै गभर्नर नेपालले उद्योगी व्यवसायीहरुलाई निर्यातमूलक उद्योगमा लगानी गर्न आग्रह गरे । पछिल्लो समय उद्योगीहरु व्यापारतर्फ केन्द्रित हुँदै गएको भन्दै उनले चिन्तासमेत व्यक्त गरे ।
नेपाल राष्ट्र बैक व्यापार गरेर चाँडै पैसा कमाउने भन्दा पनि दीर्घकालीन रुपमा मुलुकको हित हुने क्षेत्रमा लगानी गर्न गभर्नर नेपालको आग्रह गरे । कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष मुकेशकुमार उपाध्यायले सहर केन्द्रित बैंक तथा वित्तीय संस्थालाई ग्रामीणमुखी बनाउनुपर्ने जोड दिए । त्यस्तै मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले कृषि क्षेत्रमा बैंकको लगानी २० प्रतिशत पु¥याउन आग्रह गरे ।
कार्यक्रममा वर्तमान आर्थिक स्थिति र नेपाल राष्ट्र बैंकले लिएका मुख्य नीतिहरुको समीक्षा विषयमा राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डित, पूर्वाञ्चल क्षेत्रको समसामयिक आर्थिक तथा बैंकिङ गतिविधि विषयमा राष्ट्र बैंक विराटनगरका निर्देशक रामु पौडेल आर्थिक तथा बैंकिङ गतिविधि र निजी क्षेत्रको विकास, समस्या र समाधानका उपायहरु विषमा मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष अविनाश बोहराले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर