AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सद्भाव बचतको साधारणसभा सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ पुष २०७३, शनिबार १७:२२
3
Shares
रबिन्द्र बराल
२३ पुस,रंगेली / सद्भाव बचत तथा ऋण सहकारी संस्थाको आज शनिबार सातौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा आर्थिक वर्ष २०७२÷७३ को आयव्यय प्रस्तुत गरिएको थियो । संस्थाले कुल २ करोड ६९ लाख ४२ हजार ८ सय ४० रुपैया लगानीगरी ५० लाख १८ हजार ७२ रुपैयाँ कूल आम्दानी गरी खर्च ४८ लाख ८३ हजार ८ सय ६८ रुपैया खर्च गरी १ लाख ३४ हजार २ सय ४रुपैया शुद्ध मुनाफा गरेको प्रतिवेदन संस्थाका लेखा समितीका रामकुमार राजवंशीले प्रस्तुत गरेका थिए ।
संस्थाले कुल ३ करोड ४६ लाख ८३ हजार ४ सय ५९ रुपैयाको कुल कारोवार गरेको छ । ४ सय २७ सय जना शेयर सदस्य रहेको संस्थाले रंगेली क्षेत्रमा कृषि, शैक्षिक, व्यवसायिक, चर्पि, धितो कर्जा दिई वितिय कारोवार गर्दे आइरहेको छ ।
सो अवसरमा वृद्धबृद्धा, अपाङ्ग, असहाय, उत्कृष्ट बचतकर्ता, ऋणी तथा कर्मचारीलाई सम्मान गरिएको थियो । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल, राष्ट्र सहकारी बैक विराटनगर शाखा प्रमुख हेमा मैनाली अधिकारी, जिल्ला सहकारी सघंका सदस्य लक्ष्मी प्रसाद मेहता, नेपाल बैक लि.रंगेलीका प्रमुख रामहसन सिंह, समाजसेवी दिनेश ठाकुर, सहकारीका अध्यक्ष इन्जीनियर कमलेश्वर ठाकुर लगायतले सम्मान पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर