पूर्वाञ्चल खबर
२२ पुष २०७३, शुक्रबार १७:२०
२२ पुस, मधुमल्ला/ मधुमल्लाको तोरिबारीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्युु भएको छ ।
आज विहान ७ बजे खुढीबाट आउने बाटोमा पर्ने गिताञ्जली स्कुलका अगाडि हात्तीको आक्रमणबाट इलाम सक्फारा २ का ८२ वर्षका जयप्रसाद लिम्बूको मृत्यु भएको हो ।
हात्तीको आक्रमणबाट २ वटा चौपायासमेत मरेका छन् । मृतक लिम्बूको शव पोसमाटमका लागि उर्लाबारी–६ मंगलबारे अस्पतालमा राखिएको छ ।
हात्ती टाँडीको रचनाबाट तोरिबारी आएको हात्तीका कारण स्थानीय त्रासमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?