AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल विश्वविद्यालयमा ‘होप फर ग्रोथ परियोजना शुरु’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० पुष २०७३, बुधबार १९:३०
3
Shares
२० पुस, विराटनगर/ पूर्वाञ्चल विश्वविद्यालयमा होप फर ग्रोथ परियोजना शुरु भएको छ ।
परियोजनाको आज विश्वविद्यालका उपकुलपति प्रा.डा.घनश्यामलाल दासले शुभारम्भ गरेका छन् । युरोपियन युनियन (ईयु) र विश्वविद्यालयवीच परियोजना सञ्चालनका लागि सम्झौता भएको परियोजना संयोजक विजुकुमार थपलियाले जानकारी दिए।
विश्वविद्यालय र व्यवसायी संस्थाहरुवीच समन्वय गरेर विश्वविद्यालयमा उत्पादित विद्यार्थीलाई अवसर प्रदान गर्ने उद्देश्यले इयुसँग ३६ महिनाका लागि सम्झौता भएको परियोजना संयोजक थपलियाले बताउ । उनका अनुसार इयुसँगको सम्झौता पछि विश्वविद्यालयले निरन्तर कार्यक्रम सञ्चालन गर्ने छ ।
परियोजनाबाट विश्वविद्यालयका आंगिक क्याम्पसका २ हजार वढी विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने परियोजनााक गुणस्तर प्रमुख प्रशान्तकुमार लालले जानकारी दिए ।
परियोजना शुभारम्भ कार्यक्रममा उपकुलपति प्रा.डा.दास, रजिष्टार प्रमिला थापा, म्यानेजमेन्ट क्याम्पसका डिन प्रा.डा. खगेन्द्र आचार्य, उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय, उपाध्यक्ष सुयस प्याकुरेलले मन्तव्य व्यक्त गरेका थिए। इयुले होप फर ग्रोथ परियोजना त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा एकै साथ शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर