AArya
RUMPUM
animated ellipse animated ellipse

विकास निर्माणामा गुणस्तरहिन काम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ पुष २०७३, सोमबार १७:४१
3
Shares
१८, पुस,विराटनगर/विराटनगरको विकास निर्माणमा भैरहेको ढिलासुस्ती गुणस्तरहिन काम भएको जन गुनासो बढेपछि सरोकारवालाहरुको टोलीले अनुगमन गरेको छ ।
विराटनगर उपमहानगरपालिका, विभिन्न राजनीतिक दलका प्रतिनिधि र प्राविधिक सहितको टोलीले नगरका विभिन्न भागमा अनुगमन गर्दा कमशल र गुणस्तरहीन काम भएको पाइएको जनाएको छ ।
एसियाली विकास बैकको सहयोगमा विराटनगरमा सञ्चालित विकास निर्माणमा कमशल र गुणस्तरहीन सामाग्री प्रयोग भएको पाइएको हो । अनुगमनका क्रममा विराटनगको पिपलचौकमा बनाइएको सडकमा दुइ नम्बर इट्टाको प्रयोग भएको पाइएकाले तत्काल परिवर्तन गर्न निर्देशन दिइएको छ ।
यस्तै अनुगमनका क्रममा काममा भैरहेको ढिलासुस्तीलाई छिटो र गुणस्तरीय रुपमा अगाडि बढाउन सम्बन्धीत सरोकारवालाहरुलाई राजनीतिक दलका नेताहरुले आग्रह गरेका छन् । सर्वसाधरणले लामो समयदेखि निर्माणका क्रममा रहेको विराटनगरका स्थानीयवासीहरुले भने धुलो,हिलोका कारण सास्ती खेपेको गुनासो गरेका थिए ।
बर्खामा हिलाम्य र हिउदामा धुलोका कारणले समस्या खेप्दै आएका उनीहरुले व्यवस्थीत,गुणस्तरीय र छिटो कार्य गर्न आग्रह गरेका छन् । विराटनगरका कार्यकारी अधिकृत दिपक कोइरालाले निर्माणका क्रममा सम्झौता नगर्ने भन्दै अनुगनका क्रममा गुणस्तरीय काम गर्न निर्देशन दिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर