RUMPUM
animated ellipse animated ellipse

मदन पुरस्कार विजेता जोशीसित लेखक संघको भेटघाट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ पुष २०७३, शनिबार २२:१५
3
Shares
१६ पुस, विराटनगर / नेपाली लेखक संघ मोरङले आज शनिबार मदन पुरस्कार विजेता रामलाल जोशीसँग भेटघाट कार्यक्रम राखेको छ ।
मोफसलमा बसेर पनि मदन पुरस्कार प्राप्त गर्न सफल भएकोमा संघले जोशीलाई बधाईसमेत दिएको छ । जोशीको पुस्तक ऐनालाई मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार समर्पण गरेको थियो । जोशीलाई खादा लगाएर स्वागत गरेको थियो ।
जोशी संघका केन्द्रीय उपाध्यक्ष हुन् । भेटघाट कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार दधिराज सुवेदी, केन्द्रीय उपाध्यक्ष प्राज्ञ विवश पोखरेल, केन्द्रीय सदस्य राधिका गुरागाईं मोरङ अध्यक्ष गोकुल अधिकारी, मोरङ सल्लाहकार भूषण ढुंगेल, राजेन्द्र गुरागाईंले जोशीको स्वागत गरेका थिए ।
उपाध्यक्ष दिङ्लाली कान्छोले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा कवि चूडामणि नेपाल अकिञ्चन, मीनकुमार नवोदित, सविता गौतम दाहाललगायतले कविता वाचन गरेका थिए । सो अवसरमा जोशीले सुदूरपश्चिमाञ्चलको लेखकलाई पूर्वले दिएको अविस्मरणीय भएको चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर