विराटनगरमा लागेको खाद्य मेलामा सप्तरीको बरमझियाको पेडा खार्दै विराटनगरका यूवा पत्रकार । बरमझियाको पेडा प्रख्यात मानिन्छ । तस्वीर हरी अधिकारीको फेसबुकबाट
१६ पुस विराटनगर /परम्परागत, पोषिला खाद्यय पदार्थको प्रवद्वन गरौं, असल पोषणका लागि खाने वानीमा सुधार गरौं भन्ने नाराका साथ विराटनगरको हाट खोलामा लागेको दुई दिने खाद्य मेलाको १० हजार जना भन्दा वढिले अवलोकन गरेका छन् ।
मेलामा २० लाख भन्दा वढिको कारोवार भएको आयोजक क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले जनाएको छ । मेलामा सवै भन्दा वढि च्याउको मःम र च्याउ पकौंडा, घुङगी, सेल रोटी लगाएतका स्टलमा सवसाधारणको भिड लागेको थियो । मेलामा खवास, थारु, लिम्बु, राई, नेवार लगाएतका जातिले बनाएका मौलीक खाने कुराका स्टलमा वढि भिड लागेको थियो ।
मेलामा जातिय परीकार वढि देखीन्थे भने अर्थोड्क्स चियादेखि सुकुटी, अचार, मेलको अचार तथा चाना, च्याउ लगाएत वस्तुहरु विक्रिका लागि राखीएका थिए । थारु जतिका परिकार घुङगी, हासको मासु, परेवाको मासु, वगीया, भक्कादेखि खवास समाजका तिलका लड्डु, कचरी, नेवार जातीको सेलरोटी देखि यमरी सम्मका परिकार राखीएको क्षेत्रीय कार्यालयका खाद्य निरीक्षक रमेश दाहालले वताए ।
गत बर्ष ओखलढुङगामा यस्तै मेला लगाएको थियो । मेलामा पुर्वाञ्चलका ११ जिल्लामा खाइने पुराना पोषिला खाद्य परिकारहरूको स्टल राखिएको छ । नयाँ पुस्तालाई पुराना पोषीला खाद्य वस्तुको ज्ञान होस र र उनीहरुमा पनि यस्ता खाने कुराको सुची वढा्ेस भन्ने पनि उदेश्य मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
पोषिला परिकारको उपभोग बढाउन र अल्प प्रचलनमा रहेका यस्ता खाने कुराको मेलाले प्रचार प्रसार गर्ने आयोजकको दावी छ । मेलामा जाती पिछेका परिकार राखीएको थियो । परम्परागत खाद्य पदार्थ र त्यसमा हुने पौष्टिक महत्व बारेको जानकारी, होमस्टे, होटल, खाद्य व्यवसायी, खाद्य उद्यमका लागि मेसिनरी उपकरण तथा खाद्य प्रशोधनमा प्रयोग हुने रसायनका विक्रेताहरू, खाद्य प्रविधिसँग सम्बन्धित शैक्षिक संस्थाहरू, खाद्य पोषणसँग सम्बन्धित गैरसरकारी संस्थाहरूका गरी ६० वटा स्टल राखिएका थिए ।
मेलामा पुर्वका इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा लगाएतका ११ जिल्लाको सहभागिता रहेको क्षेत्रीय कार्यालयले जनाएको छ ।