RUMPUM
animated ellipse animated ellipse

नेपाल तामाङ घेदुङ नगर समितिमा रामजी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ पुष २०७३, शनिबार १९:१८
3
Shares
१६ पुस विराटनगर/ नेपाल तामाङ घेदुङ नगर समिति विराटनगरले नयाँ कार्यसमितिको मनोनयन गरेको छ ।
अध्यक्षमा रामजी तामाङ, उपाध्यक्षमा बिमल तामाङ,पवित्रा गोले,सचिवमा नन्दलाल योञ्जन, कोषाध्यक्षमा छिरिङ लामालाई छनौट गरेको छ ।
यस्तै सदस्यहरुमा प्रनु लामा,श्याम तामाङ,कृष्णा घिसिङ,फूलमाया तामाङ,फूलकुमारी स्याङ्बो र प्रमोद लामा छनौट भएका छन् । उनीहरुको कार्यकाल २ बर्षको रहने आयोजनकले जनाएको छ ।
कार्यक्रमको उदघाटन सत्रमा बोल्दै नेपाल तामाङ घेदुङ केन्द्रीय समितिका अध्यक्ष मोहन गोलेले अहिले पनि तामाङ समुदायलाई राज्यले विभेद गरेको बताए । जुन जुन पार्टीमा आवद्ध भएपनि तामाङहरुको हकअधिकार स्थापीत गर्न सम्पूर्ण तामाङहरु एक ठाउँमा उभिनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का सदस्य रेखबहादुर तामाङ , नेपाल तामाङ घेदुङ मोरङ अध्यक्ष दिलबहादुर पाख्रिनले तामाङ समुदायको धर्म ,संस्कार, भाषालाई बचाउन लाग्नु पर्ने बताएका छन् । शताब्दीयौ देखि नै तामाङहरुलाई राज्यले विभेद गरेको उनीहरुको आरोप थियो । हाल मोरङमा १ लाख ६५ हजार र नेपालमा १८ लाख तामाङ जातिको संख्या रहेको जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर