१६ पुस,विराटनगर/ एभरेष्ट उच्च माध्यमिक विद्यालयले आउँदो शैक्षिक सत्र देखि नैतिक शिक्षण पद्धतिबाट अध्यापन गराउने भएको छ ।
विराटनगर–६मा रहेको एभरेष्ट स्कुलले कक्षा ५ देखि ११ कक्षा सम्म नैतिक शिक्षण पद्धतीबाट अध्यापन गराउने भएको हो ।
नैतिक शिक्षा अध्यापन प्रारम्भ गर्ने तयारीका क्रममा आज शनिवार शिक्षकलाई ‘शिक्षाको मूल्य’ विषयमा अभिमूखिकरण कार्यक्रम गरिएको छ । भारत कोलकताको रामकृष्ण मिसनस“गको सहकार्यमा सञ्चालन गर्न लागिएको शिक्षण पद्धतिका विषयमा शिक्षकहरुलाई जानकारी दिइएको थियो ।
कार्यक्रममा रामकृष्ण मिसनबाट आएकाहरुले नैतिक शिक्ष र शिक्षाको मूल्य विषयमा जानकारी गराएका थिए ।
तालीम पश्चात विद्यालयका शिक्षकहरुले बालबालीकाहरुलाई अध्यापन गराउँदा विषयगत शिक्षासंगै नैतिक शिक्षा पनि प्रदान गर्ने स्कुलका भाइसप्रिन्सीपल शेखर पोखरेलले जानकारी दिए । कार्यक्रममा रामकृष्ण मिसनबाट आएका स्वामी महश्वरानन्द महाराज, नैतिक शिक्षाका विज्ञ शक्तीप्रसाद मिश्र,लगायतले शिक्षकलाई तालिम दिएका थिए ।