AArya
RUMPUM
animated ellipse animated ellipse

मेलमिलापको सन्देश दिने नाटक “झ माने झण्डा” प्रदर्शन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ पुष २०७३, शनिबार १८:३७
3
Shares
नाटकमा अभिनय गर्दै कलाकार । तस्वीर पुष्पराज थपलिया/खबरपूर्वाञ्चल
१६ पुस विराटनगर /वर्तमान अवस्थामा राष्ट्रियताको विषयमा चर्चा चलिरहेको बेला नेपाली राष्ट्रिय झण्डा तथा मेलमिलापको सन्देश दिने उत्कृष्ट नाटक “झ माने झण्डा” विराटनगरको आरोहण गुरुकुलमा आज  शनिवार प्रदर्शन भएको छ jhanda
‘विभिन्न जातीय पोसाकमा सजिएका मानिसहरु एक आपसमा रमाइरहेका हुन्छन् । गोलो समुहमा रमाइरहेका उनीहरुको विचमा राष्ट्रिय झण्डा राखिएको छ । विभिन्न भेषभुषामा सजिएर रमाइरहेका उनीहरुको सम्बन्ध विग्रन समय लाग्दैन र सुरु हुन्छ झगडा ।’
यो कुनै बास्तविक घटना होइन । आरोहण गुरुकुल तयार गरिएको नाटक ‘झ माने झण्डा’ एउटा अंश हो ।
आरोहण गुरुकुलको प्रस्तुति तथा आवर विराटनगर डट नेटको व्यवस्थापनमा भएको नाटकका लेखक रामभजन कामतको परिकल्पना र निर्देशनमा तयार भएको नाटकले हिमाल पहाड र तराइ विच फेरी एकबद्ध बनाउने विषयलाई उठान गरेको छ ।
समय समयमा उठेका जातिय तथा बर्गिय आन्दोलनले सामाजिक सदभावमा पारेको नकारात्मक प्रभावलाई चित्रण गरिएको नाटकमा बाहिरी शक्तीको (विदेशको) प्रभावमा नपर्ने सन्देश दिन खोजेको छ ।
नाटकमा शिक्षिकाको रुपमा देखिएकी सुभाष खतिवडाले ग्रामिण परिवेशका बालवालिकालाई झण्डाको कथा सुनाउदै सुरु भएको नाटकमा विदेशी अदृष्य शक्तिको रुपमा देखिएका पात्र अशोक गौतमको अभिनयले एकआपसमा झगडा लगाएपनि बुढिआमाको भूमिकामा देखिएको कौशिला कमतको अभिनय सम्म पुग्दा दर्शकलाई भावुक र मार्मिक बनाउने छ ।
नाटकमा भरत कार्की, विकास पराजुली, सीता कोइरालालगायत कलाकारको अभिनय गरेका छन् ।
विराटनगरका स्थानीय कलाकारहरुले अभिनय रहेको नाटकले जात र धर्मको नाममा बिभाजित हुदै गएको समाजलाई पून एक बद्ध बनाउने सन्देश बोकेको नाटक आज शनिवार आरोहण गुरुकुल विराटनगरमा मञ्चन गरीएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर