साप्ताहिक राशिफल पुस १६ – पुस २२

खबर पूर्वाञ्चल, १६ पुष २०७३, शनिबार ०६:०५
3
Shares
मेष राशि
स्वास्थ्यमा बाधा देखिन्छ । रमाइलो यात्राको अवसर मिल्नेछ । मित्र कूल कुटुम्बबाट प्रसस्त सहयोग मिल्नेछ । मान सम्मान मिल्नेछ । नेतृत्व गर्ने क्षमतामा वद्धि हुनेछ । जागिरमा उच्च पदप्राप्तिको योग छ । पति पत्नीबीचको सम्बन्ध सुमधूर बत्रेछ ।
वृष राशि
प्रेम प्रसंग चल्नेछ । पारिवारिक समस्या आउन सक्छ । धर्म कर्म प्रति रुचि बढ्नेछ । अनावश्यक तनाव बढ्नाले मन खित्र रहनेछ । मनोरञ्जनमा खर्च बढ्नेछ । व्यापार व्यवसायबाट यथेष्ट आय आर्जन हुनेछ । नैतिकतामा आक्षेप लाग्न सक्ने योग पनि देखिन्छ ।
मिथुन राशि
सन्तानबाट सन्तुष्टि मिल्नेछ । मान सम्मान वा पुरस्कार प्राप्त हुने योग रहेकोछ । स्वास्थ्यमा सुधार आउनेछ । आफन्तसँगको अनावश्यक वाद विवादले मनमा खिन्नता बढ्नेछ । राजनीतिक एवं सामाजिक क्षेत्रमा सफलताको योग रहेकोछ ।
कर्कट राशि
बौद्धिक वर्गसँग सहकार्यको अवसर मिल्नेछ । शिक्षा क्षेत्रमा सफलता मिल्नेछ । कला साहित्य संगीत क्षेत्रमा रुचि बढ्नेछ । मित्र एवं आफन्तजनको सहयोगले महत्वपूर्ण कार्य बत्रेछ । धार्मिक यात्राको योग रहेकोछ । कर्म प्रतिको निष्ठा बढ्नेछ । आय आर्जन सामान्य छ ।
सिंह राशि
मनोरञ्जनात्मक गतिविधि बढ्नेछ । पारिवारिक सुख प्राप्त भए पनि समाजमा वैचारिक मतभिन्नता भने बढ्ने देखिन्छ । कर्म प्रतिको आस्था बढे पनि व्यापारमा विचलन आउन सक्छ । स्वास्थ्य सामान्य रहनेछ । शरीरमा आलस्यता बढ्नेछ ।
कन्या राशि
आफन्तको सहयोग मिल्नेछ । परिवारमा सुख शान्ति छाउनेछ । मनमा द्विविधा बढ्नेछ । अनावश्यक खर्चले भने तनाव उत्पन्न होला । सञ्चार एवं विविध क्षेत्रमा रमाइलो सहभागिता बढ्नेछ । सन्तानको स्वास्थ्य बिग्रिनाले खर्चमा वृद्धि हुनेछ ।
तुला राशि
मुहारमा कान्ति बढ्नेछ । पारिवारिक सम्बन्धमा खटपट देखिनेछ । आकस्मिक धनको क्षति व्यहोर्नु पर्ला । रमाइलो यात्राको योग रहेकोछ । अनावश्यक खर्च एवं विवाद भने बढ्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । व्यवसायमा उतार चढावको स्थिति रहनेछ ।
वृश्चिक राशि
व्ययको अधिकता हरनेछ । आफन्त तथा मित्रजनसँग अनावश्यक वाद विवाद हुनेछ योग देखिन्छ । बोलीको प्रभाव बढ्नेछ । वैदेशिक यात्रामा सफलता मिल्नेछ । जागिरमा पदोत्रतिको योग पनि रहेकोछ । पारिवारिक सम्बन्धमा सुधार अनाउनेछ ।
धनु राशि
आय आर्जनको नयाँ स्रोत फेला पर्नेछ । साझेदारी कामबाट सफलता मिल्नेछ । कृषि व्यवसायमा सफलता मिल्नेछ । स्वास्थ्यमा दाहिने अङ्गको पीडा बढ्न सक्छ । कार्यमा मनोबल घट्ने देखिन्छ । अध्ययन अध्यापनमा सुधार आउनेछ । शत्रु सबल हुनेछन् ।
मकर राशि
आकस्मिक धन प्राप्तिको योग छ । परिवारमा अनावश्यक तनाव उत्पन्न होला । सञ्चार एवं शिक्षा क्षेत्रमा लाभ मिल्नेछ । न्याय क्षेत्रमा बाधा उत्पन्न हुन सक्छ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा प्रगति हुनेछ । शारीरिक थकान बढ्नेछ ।
कुम्भ राशि
साहित्य संगीत क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुधार आउनेछ । समय खर्चिलो रहेकोछ । वैचारिक मतभिन्नता बढ्नेछ । महत्वपूर्ण कार्यमा बाधा उत्पन्न हुनाले मन अशान्त रहला । आय आर्जन सामान्य रहनेछ । बोलीमा प्रभाव रहनेछ ।
मीन राशि
मनमा उत्साह उमङ्ग बढ्नेछ । धन सञ्चयको योग रहेको छ । परिवारमा विवाद उत्पन्न होला । रमाइलो यात्राको योग बन्नेछ । अध्ययन अध्यापनमा सामान्य रहनेछ । व्यापार व्यवसायमा प्रगति हुनेछ । जागिरमा पदोत्रतिको सम्भावना रहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५