AArya
RUMPUM
animated ellipse animated ellipse

आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिमाञ्चलमा हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ पुष २०७३, शुक्रबार २१:५३
3
Shares
१५ पुस,धरान/ आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिमाञ्चलमा हुने घोषणा गर्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज शुक्रबार समापन भएको छ ।
पूर्वाञ्चलमा खेलकुद सातौं विविधतामा रमाएर बाँचौं भन्ने नारासहित पुस ८ गते विराटनगरमा सुरु भएको प्रतियोगिताको समापन आज धरानमा भएको । धरानमा आयोजित सातौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा २०७५ सालमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा सञ्चालन गर्ने घोषणा गरिएको हो ।parade-in-closingसुनसरीको धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा प्रतियोगिताको समापन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न कठिनाइ र भौतिक पूर्वाधार अभाव भए पनि राष्ट्रको गौरव राख्नेगरी खेलाडीले विभिन्न कीर्तिमान राख्न सफल भएकामा खुसी व्यक्त गरेका छन् ।
राष्ट्रको चिनारी र गौरव गर्ने विषय नै खेल क्षेत्र भएकाले राज्यले पनि खेलकुदलाई अझ विकसित तुल्याउनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिन जरुरी भएको उनको भनाइ थियो ।
समापन समारोहमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीलाई राष्ट्रिय खेलकुद विकास समितिका सदस्य सचिव केशवकुमार विष्टले झण्डा हस्तान्तरण गरेका हुन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पश्चिमाञ्चल विकास क्षेत्रले गर्ने तयारी भएपनि अन्तिम समयमा मध्यपश्चिमाञ्चललाई दिइएको हो ।
यस अघि पश्चिमाञ्चलले २०४० सालमा दोश्रो राष्ट्रिय खेलकुदको आयोजना गरेको थियो भने मध्यपश्चिमाञ्चलले २०५५ सालमा चौथो राष्ट्रिय खेलकुदको आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर