AArya
RUMPUM
animated ellipse animated ellipse

सातौ राष्ट्रिय खेलकुद– पुरुष क्रिकेटमा पुलिसलाई कास्य पदक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ पुष २०७३, शुक्रबार १४:२८
3
Shares
पुष्पराज थपलिया
१५ पुस, विराटनगर / पूर्वाञ्चलमा जारी वृहत सातौ संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा विभागिय टीम नेपाल पुलिस क्लबले कास्य पदक जितेको छ ।madhyamanchal
मोरङको वैजनाथपुर खेल मैदानमा आज विहान तेस्रो स्थानकालागि भएको खेलमा पुलिसले मध्यमाञ्चलको चुनौतीलाई ३३ रनले पन्छाउँदै कास्य पदक जितेको हो ।
टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गमाई १ सय ५५ रनको योगफल खडागरेकोे थियो । पुलिसका लिप नाथले २४ बलमा १ छक्का र ३ चौका प्रहार गरी ३१ रन,दिपेन्द्र ऐरीले १९ बलमा १ छक्का र १ चौका प्रहार गरी २७, सिद्धान्त् लाहनीले ८ बलमा ३छक्का प्रहार गरी रन २३ रन र आरिफ शेखले १६ रनको योगदान गरेका थिए ।
मध्यमाञ्चलका रोजन ढकाल, रसिद खान, इर्साद अहमद,सुनिल कडेल, हरिशंकर साह र हसिम अन्सारीले १–१ विकेट लिएका थिए ।
जवाफमा १ सय ५६ रनको विजय लक्ष्य पछ्याएको मध्यमाञ्चलले निर्धारित ओभरमा ८ विकेट गुमाई १ सय २२ रन माञ जोड्न सक्योे । मध्यमाञ्चलका हरिशंकर साहले ५४ बलमा १ छक्का र ३ चौका गरी ५२ रन, जितेन्द्र ठाकूरले ३७ बलमा २ चौका प्रहार गरी २८रन र रसिद खानले १७ रनको योगदान दिएका थिए ।
पुलिसका ललितसिंह भण्डारीले ४ ओभरमा १६ रन दिएर ३ विकेट तथा रामनरेश गिरी,आसिफ शेख र सिद्धान्त लोहनँीले १–१ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर