AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चलमा फेन्सी ड्रेस प्रतियोगिता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ पुष २०७३, बिहीबार १९:४८
3
Shares
१४ पुस, विराटनगर/ विराटनगर १७ मा रहेको पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोडिङ स्कूलमा फेन्सी ड्रेस तथा कल्चरल प्रतियोगिता आज विहिबार सम्पन्न भएको छ ।
स्कूलको प्राङ्गणमा कार्यक्रम आयोजना गरी प्रतियोगिता आयोजना गरेको हो ।
फेन्सी ड्रेस प्रतियोगिताको बिजेता मधुमाला यादव, फस्ट रनरअफ योग नारायण यादव र सेकेन्ट रनरअफ प्रियंका सिंह भएकी छिन् ।

त्यस्तै कल्चरल तर्फको बिजेता रिया मिश्रा, फस्ट रनरअफ एन्जल श्रेष्ठ र सेकेण्ड रनरअफ अन्जु सिंह भईन । प्रतियोगिताको निर्णायकहरुमा भानु कला केन्द्रका मनोज राजवंशी,  कोरियोग्राफरहरु रोशनी पौडेल, प्रनिता श्रेष्ठ र वैशाली मगर रहेका थिए ।
बिजेता हुने विद्यार्थीहरुलाई स्कूलका अध्यक्ष भरत  सापकोटा, प्रिन्सिपल अर्जुन श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर