सातौं राष्ट्रिय खेलकुद-ह्याडबलमा एपीएफ र नेपाली सेना फाइनलमा
पूर्वाञ्चल खबर
१४ पुष २०७३, बिहीबार १९:०७
3
Shares
१४ पुस,विराटनगर/ पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तरगत ह्याडबल प्रतियोगितामा महिला र पुरुष दुवै खेलमा सशस्त्रको प्रहरी एपीएफ र नेपाली सेना फाइनलमा प्रवेश गरेका छन् ।
टंकीसिनवारीमा आज भएको महिलातर्फको पहिलो सेमिफाइनल खेलमा मध्यमाञ्चललाई ६–४३ को फराकिलो गोलअन्तरले पराजित गर्दै एपीएफले फाइनलको यात्रा तय गरेको हो । त्यस्तै दोस्रो खेलमा पश्मिाञ्चललाई १२–२७ को गोलअन्तरले पराजित गर्दै सेना फाइनलमा प्रवेश गरेको हो ।
आजै भएको पुरुषतर्फको पहिलो खेलमा पश्चिमाञ्चललाई २६–३३ को गोलअन्तरले पाजित गर्दै सशस्त्र फाइनलमा पुगेको हो । त्यस्तै दोस्रो खेलमा पूर्वाञ्चललाई २०–३५ को गोलअन्तरले पराजित गर्दै सेनाले फाइनलको यात्रा तय गरेको हो । महिला र पुरुष दुवै खेलमा सशस्त्र र सेनाले भोलि स्वर्णका लागि फाइनलमा प्रतिष्पर्धा गर्नेछन् ।