AArya
RUMPUM
animated ellipse animated ellipse

पुरुष फुटबल – सेमीफाइनल समीकरण पुरा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ पुष २०७३, मंगलवार २०:५५
3
Shares
१२ पुस, धरान/ पुरुष फुटबलको सेमीफाइनल समीकरण पुरा भएको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा मंगलबार समुह ‘ख’ अन्र्तगत त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब गोलरहित बराबरी खेल्दै सेमीफाइनल प्रवेश गरेपछि समीकरण पुरा भएको हो ।
समुह ‘ख’ बाट आर्मीले ७ अंकसहित समुह विजेता बनेर अन्तिम चारमा स्थान पक्का ग¥यो भने ५ अंक जोडेको एपिएफ उपविजेता हुदै सेमीफाइलन पुग्यो । समुह ‘क’ विजेता हुदै नेपाल पुलिस क्लब र मध्यमाञ्चल क्षेत्र उपविजेता हुदै यसअघि नै सेमीफाइनल पुगिसकेको छ ।
आर्मीले लिग चरणको तीन खेलमध्ये २ मा जित र एक खेलमा बराबरी खेल्दै कुल ७ अंक जोड्यो । सशस्त्रले भने एक खेलमा जित र २ मा बराबरी खेलेको थियो ।
मंगलबार आर्मीसँगको खेलमा बराबरी मात्र खेलेपनि सशस्त्रलाई सेमीफाइनल यात्रा सहज थियो । बुधबार समुह ‘क’ को विजेता पुलिसले समुह ‘ख’को उपविजेता सशस्त्रसँग पहिलो सेमीफाइनल खेल्नेछ भने समुह ‘ख’को विजेता आर्मी र समुह ‘क’को उपविजेता मध्यमाञ्चलबीच दोस्रो खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर