AArya
RUMPUM
animated ellipse animated ellipse

एसबीएससी सिंगीन स्टारको तयारी पुरा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ पुष २०७३, मंगलवार २०:२७
3
Shares

१२ पुस,विराटनगर / विराटनगरमा आउँदो बिहीबार हुने ‘एसबीएससी सिंगीन स्टार सिजन – थ्री’ फाइनलको सम्पूर्ण तयारी पुरा भएको छ ।

संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङले आज मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी पुस १४ गते हुने फाइनलको तयारी पुरा भएको जानकारी गराएको हो ।

सहकारीको अध्यक्ष विष्णु डंगोलले दिएको जानकारी अनुसार प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने मोरङ जिल्लाको विभिन्न निजी स्कुलका आवद्ध भएका १५ जना प्रतियोगिहरु पुगेको जानकारी दिए ।

‘आवाज तपाईको, गौरव राष्ट्रको देन निजी स्कूलको भन्ने मुल नाराको साथ सुरु भएको प्रतियोगिताको छनौट चरण भदौ ४ गतेदेिख सुरु भएको सहकारीका सचिव नगेन्द्र प्रसाद ढकालले बताए ।

प्रतियोगिताको फाइनलमा प्रवेश भएका प्रतियोगिहरु विभिन्न छनौट चरणबाट छनौट पुरा गरेर अहिले फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । यसरी फाइनलमा प्रवेश गर्नेहरुमा राईजिङ स्कूलका ग्रीसम श्रेष्ठ, सनसाइन स्कूलका सुमन सुनवार, पर्लएकाडेमीकी खिना भण्डारी, मदरल्याण्ड एकाडेमीका अशिष घिमिरे, मुनाल आदर्शका दिवस श्रेष्ठ, डान स्कूलका दिव्या गिरी, सिद्धार्थ स्कूलका स्वरुप खतिवडा, डिएभी स्कूलका चुली सिंह, स्टार स्कूलका सुशान्त रेग्मी, सगरमाथा स्कूलका अंकिता उदास, एभरेष्ट स्कूलका नेहारीका बराल, सनसाइन स्कूलका अल्स्का खरेल, एभरेष्टका अस्विन थापा, मिनिल्याण्ड स्कूलका विवेक शाह र ब्राई फ्यूचर स्कूलका सुनिल अधिकारी पुगेका छन् ।

फाइनलमा प्रवेश गरेका प्रतियोगिहरुलाई अहिले बन्द प्रशिक्षण दिदै आएको छ । उनीहरुलाई गायक प्रवलदीप विश्वास, सुमन श्रेष्ठ, ज्योती सुब्बा, विकेश के शंकर, राम संगम राउत र दिपेन थापाले प्रशिक्षण दिदै आउएका छन् ।

प्रतियोगिताको बिजेताले नगद २५ हजार रुपैयाँको साथै आकर्षण ट्रफी प्राप्त गर्नेछन् । द्धीतीयले नगद १५ हजार र तृतीयलाई नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर