RUMPUM
animated ellipse animated ellipse

उसु खेलमा सेनाको बर्चस्व

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ पुष २०७३, मंगलवार १९:४५
3
Shares
१२ पुस धरान/ धरानमा सम्पन्न उसु खेलमा नेपाली सेनाले बर्चस्व जमाएको छ ।
आज भएको फाईनल खेलमा नेपाली सेनाले १० स्वर्णपदक सहित ४ वटा रजत र ५ वटा कास्य पदक हात पारेको छ । नेपाली सेनाका तर्फबाट उसुको थाउलोतर्फ विजय थापा सिन्जाली, हरिप्रसाद गोले, सबिता राई, ओशिन राई र निमा घर्तिमगरले स्वर्णपदक हात पारे भने सान्सौंतर्फ चित्रसिंह ठकुरी, रामचन्द्र बराल, लुमन्ति श्रेष्ठ र बिन्दु पुनले स्वर्णपदक हात पारे ।
यस्तै उसुमा विभागिय टोलि सशस्त्रले पनि ६ वटा स्वर्णपदक सहित ३ रजत र ४ कास्य पद जितेको छ । सशस्त्रबाट थाउलोतर्फ सुस्मिता तामाङ, सान्सौंतर्फ अशोक खालिङ, अमर सुनार, मंगलप्रसाद थारु, संजीव महर्जन र तेजबहादुर पल्लीले स्वर्णपदक जितेका छन् ।
यस्ता अर्को विभागिय टोलि नेपाल पुलिसले भने २ स्वर्ण, १ रजत र ४ कास्यमा चित्त बुझाएको छ । पुलिकास लागि प्रेमचन्द्र सिंह दर्लामी र जुनी राईले सान्सौं तर्फबाट स्वर्ण पदक पाए । मध्यमाञ्चलबाट सान्सौंतर्फ क्रान्ति लामा, अन्जली श्रेष्ठ तथा थाउलोतर्फ राजु लामाले स्वर्ण हात पारे । यता पुर्वाञ्चल भने स्वर्णपदक विहिन भएको छ ।
उसुमा पूर्वाञ्चलले ४ वटा रजत सहित ६ वटा कास्यपदक मात्र हात पारेको छ । यस्तै पश्चिमाञ्चलले १ रजत र ४ कास्य प्राप्त गरेको छ भने मध्यपश्चिमाञ्चलले १ स्वर्ण, १ रजत र ३ कास्य पाएको छ । यस्तै सुदुरपश्चिमाञ्चलले १ स्वर्ण ४ रजत र ६ वटा कास्य हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर