RUMPUM
animated ellipse animated ellipse

नेपाली सेना उपाधि नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ पुष २०७३, मंगलवार १७:०२
3
Shares
१२ पुस,विराटनगर/ विभागिय टोली नेपाली सेनाको पूरुष र महिला टोली सातौ राष्ट्रिय खेलकुद अन्तरगत मोरङको टंकिसिनवारीमा जारी कबडी प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
मंगलवार सम्पन्न पूरुष तर्फको सेमिफाइनल खेलमा ससत्र प्रहरी वलको एपिएफ टिमलाई १८-५३ अंकले पछि पार्दै सेना फाइनलमा यात्रा तय गरेको हो भने महिला तर्फ सूदुर पश्चिमाञ्चललाई २१-६५ स्कोरले पराजित गर्दै सेनाको टोली फाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै पूरुष तर्फ मध्यमाञ्चलले पश्चिमाञ्चललाई पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । पश्चिमाञ्चललाई २२-३९ अंकले पछि पार्दै मध्यामाञ्चलले आर्मी स“गको भेट पक्का गरेको हो ।
त्यस्तै महिला तर्फ मध्यामाञ्चललाई १६- ३७ स्कोरले पछि पार्दै नेपाल प्रहरीले फाइनल यात्रा तय गरेको हो ।
महिला र पूरुष दुवै टिमको फाइनल प्रतिस्पर्धा बुधवार आयोजना हुने छ । प्रतियोगितामा पाच विकास क्षेत्र सहित महिला तर्फ ८ र पूरुष तर्फ ७ टिमले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर