साबित्राको डबल हृयाट्रिकमा,भुटानको पोष्टमा नेपालको गोल वर्षा
पूर्वाञ्चल खबर
११ पुष २०७३, सोमबार १८:३७
3
Shares
११ पुस, काठमाडौं / भारतको सिलगुढीमा जारी चौथो महिला फुटबल साफ च्याम्पियनसिप प्रतियोगितामा नपालले भुटानलाई फराकिलो गोल अन्तरले पराजित गरी महिला साफ च्याम्पियपनसिनमा शानदार सुरुवात गरेको छ ।
आज सोमबार भएकोे खेलमा नेपालकीे साबित्रा भण्डारीको डबल हृयाट्रिकको मदतमा भुटानलाई ८–० फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
नेपालले सुरुवाति ३५ मिनेटमा पाँच गोल गरेको थियो । पाँचौं मिनेटमा गोलको खाता खोलेकी साबित्राले ९ र २३ औं मिनेटमा गोल गर्दै हृयाट्रिक पुरा गरिन् ।
२६ औं मिनेटमा सर्मिला थापाले गोल गरिन् भने ३५ औं मिनेटमा साबित्राले व्यक्तिगत चौथो गोल गर्दा पहिलो हाफमा नेपाल ५–० को गोल अन्तरले अग्रता लिएको थियो ।
दोस्रो हाफमा ७२ औं मिनेटमा साबित्राले गोल गरिन् । पाँच मिनेटपछि नै दीपा अधिकारीको क्रसमा गोल गर्दै साबित्राले डबल हृयाट्रिक पुरा गरिन् ।
खेलको अन्तिम मिनेटमा कृष्णा खत्रीले गोल गरेपछि नेपाल ८–० को फराकिलो गोल अन्तरले विजयी भएको हो ।