११ पुस,इनरुवा/ सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न खो–खोमा महिला र पुरुष दुवैतर्फको स्वर्ण नेपाली सेनाले जितेको छ ।
पुरुषतर्फको फाइनलमा नेपाली सेनाले मध्यमाञ्चललाई पराजित गरेको हो । सेनाले एक पाली बाँकी हुँदै मध्यमाञ्चललाई ६ का विरुद्ध १० को स्कोरमा पराजित गरी स्वर्ण जितेको हो । अर्मीसँग पराजित मध्यमाञ्चलले रजतमा चित्त बुझाउँदा काश्य पदक भने सुदुर पश्चिमाञ्चलले हात पारेको छ ।
यस्तै आजै सम्पन्न महिलातर्फको खो–खो खेलको फाइलनमा मध्यपश्चिमाञ्चललाई पराािजत गर्दै आर्मीले नै स्वर्ण जितेको छ । आर्मीसँग पराजित मध्यपश्चिम रजत पदकमा चित्त बुझाउन बाध्य भयो भने कास्यपदक सुदरपश्चिमाञ्चलले जितेको छ ।