AArya
RUMPUM
animated ellipse animated ellipse

हक्कीको पुरुषमा नेपाली सेना सेमिफाइलनमा दोस्रो दिन सेनाको दोहोरो जित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० पुष २०७३, आईतवार १७:३८
3
Shares
१. बललाई अगाडी बढाउँदै मध्यमाञ्चलकी रीतिका राना । तस्वीर अनिल श्रेष्ठ/ खबरपूर्वाञ्चल
१० पुस, विराटनगर/विराटनगरको डिपिएस स्कुलमा जारी १६ औं राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेना सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो खेलमा पश्चिमाञ्चललाई ३–१ को गोल अन्तरले हराउँदै नेपाली सेनाले सेमिफाइनलको यात्रा तय गरेको हो । जितसँगै सेनाले चार अंक जोड्यो । नेपाली सेनाको तर्फबाट दिपेन ऐरी, प्रदिप राजवंशी र राम साहले गोल गरी टिमलाई समेमिफाइनको यात्रा दिलाए ।
दोस्रो खेल मध्यपश्चिमाञ्चल र पूर्वाञ्चलको निर्धारीत समयसम्म १÷१ गोलको बराबरीमा टुङगियो । उनीहरुले समान १÷१ अंक बाढे । मध्यपश्चिमाञ्चलको तर्फबाट सबिर इद्रीस र पूर्वाञ्चलको तर्फबाट प्रकाश श्रेष्ठले गोल गरे ।
महिलामा मध्यमाञ्चलले घरेलु टिम पूर्वाञ्चलाई ४–० गोल अन्तरले हरायो । मध्यमाञ्चलको तर्फबाट निकिता बस्नेत, रीतिका रानाले १÷१ गोल गरे भने पिंकी सिजालीले २ गोल गरेकी थिइन ।
नेपाली सेनाले पश्चिमाञ्चललाई ५–० गोलले निराश पा¥र्यो । नेपाली सेनाको तर्फबाट सीतामाया बल, टंकमाया खपाङ्गीले १÷१ गोल गरेकी थिइन भने सीताकुमारी चौधरीले ह्याट्रिक गरीन । उनले खेल अवधिभरी ३ गोल गरेकी थिइन ।
प्रतियोगितामा पाँच विकास क्षेत्र र एक विभागीय टिम सेना गरी ६ टिम सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर