AArya
RUMPUM
animated ellipse animated ellipse

गाउँमा कविताको नवौं शृंखला सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ पुष २०७३, शनिबार १७:५९
3
Shares

९ पुस,विराटनगर / मोरङको झोराहाटमा रहेको झोराहाट नाट्य समूहको नियमित साहित्यिक कार्यक्रम आज सम्पन्न भएको छ ।

हरेक महिनाको दोस्रो शनिबार आयोजना हुने गाउँमा कविताको नवौं शृंखलामा आरआर चौलागाईं, प्रोल्लास सिन्धुलिय, विमल वैद्य र शशी किरणले कविता वाचन गरेका थिए । चारैजना कविले चार–चारवटा कविता वाचन गरेका थिए ।

नाट्य समूहले कविता वाचन, नाटक मञ्चनका साथै नाट्य प्रशिक्षणसमेत सञ्चालन गर्दै आएको छ । गत वैशाखदेखि नियमित रुपमा सञ्चालन हुँदै आएको शृंखलामा नयाँ पुराना दुवै पुस्ताका कविहरुलाई मञ्च प्रदान गर्दै आएको झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईंले जानकारी दिए ।

आगामी माघको शृंखलामा श्रवण मुकारुङ, विप्लव ढकाल, मिश्र वैजयन्ती र मुनाराज शेर्माले कविता वाचन गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक रमेशचन्द्र अधकारीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर