AArya
RUMPUM
animated ellipse animated ellipse

गृहमन्त्रीद्वारा राष्ट्रपतिको कार्यक्रम बहिष्कार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ पुष २०७३, शुक्रबार १९:३९
3
Shares
फाइल तस्वीर
८ पुस,विराटनगर / विराटनगरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेको सातौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता गृहमन्त्री बिमलेन्द्र निधिले बहिष्कार गरेका छन् ।
सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको निर्णय कार्यान्वयन गराउन गृहमन्त्रालयलाई गत साता आदेश दिएको थियो । सर्वोच्चको आदेश कार्यान्वयन गराउन गृहले खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई बारम्बार ताकेता गरे पनि निर्णय कार्यान्वयन नभएपछि गृहमन्त्री निधिले कार्यक्रम बहिस्कार गरेका हुन् ।
गृहमन्त्री निधी राष्ट्रपतिले उदघाटन गर्ने भनिएको कार्यक्रममा सहभागी हुने पूर्वसूचना राष्ट्रिय खेलकुद परिषद्ले अगाडि नै सार्वजनिक गरेको थियो । कार्यक्रममा गृहमन्त्री अनुपस्थित रहेका थिए ।
गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले गृहमन्त्री निधीले राष्ट्रपति सहभागी कार्यक्रम बहिस्कार नगरेको जानकारी दिए । उनले काठमाडौंमा गृहमन्त्रीको आकस्मिक काम परेको हुँदा आउन नसकेको बताए ।
प्रेस सल्लाहकार दाहालले भने,‘गृहमन्त्रीले पहिले नै खेलकुदमन्त्रीलाई जानकारी गराइसक्नु भएको थियो । गृहमन्त्रीले उदघाटन नभए समापनमा आउने जानकारी दिनु भएको थियो ।
आज कार्यक्रम परेको हुनाले जान नसक्नु भएको हो । समापनमा जाने कुरा छ ।
सातौं बृहत खेलकुदको उद्घाटन सत्रमा खेलकुदमन्त्री दलजीत श्रीपालीले आफ्नो मन्तब्य राखेपछि गृहमन्त्रीको बोल्ने पालो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर