सातौ राष्ट्रिय खेलकुद-पुरुष क्रिकेटमा शस्त्र प्रहरीको एपिएफ र मध्यमाञ्चल तथा महिला क्रिकेटमा शस्त्र प्रहरीको एपिएफ र पूर्वाञ्चल विजयी
पूर्वाञ्चल खबर
८ पुष २०७३, शुक्रबार १८:५८
3
Shares
पुष्पराज थपलिया
८ पुस,विराटनगर / वृहत सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विराटनगरमा आज भएको पुरुष क्रिकेटमा शस्त्र प्रहरीको एपिएफ र मध्यमाञ्चल विजयी भएका छन ।
पहिलो खेलमा एपिएफले मध्यपश्चिमाञ्चललाई २६ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गमाई १ सय ४५ रन बनाएको छ । एपिएफका लागि सुदिप सुनाले ४५ बलमा ५ चौका प्रहार गर्दैृ ५१ रन, प्रदिप ऐरीले नटआउट २९ रन र कप्तान पारस खडकाले नटआउट २६ रनको योगदान गरेका थिए । मध्यपश्चिमाञ्चलका अमर सिंहले सर्वाधिक २ विकेट लिएका थिए ।
जवाफमा १ सय ४६ रनको विजय लक्ष्य पछ्याएको मध्यपश्चिमाञ्चलले निर्धारित ओभरमा ६ विकेट गमाई १ सय १९ रनमात्र सिमित हुन पुग्यो । मध्यपश्मिाञ्चलका लागि प्रनित थापाले ४० रन र अनुपम सिंहले २१ रनको योगदान दिएका थिए । एपिएफका पारस खडकाले सर्वाधिक ३ विकेट लिएका थिए ।
दोस्रो खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई ४ रनको झिनो अन्तरले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको मध्यमाञ्चलले निर्धारित २० ओभरमा ९ विकेटमा १ सय २० रनको योगफल तयार पारेको छ । मध्यमाञ्चलकालागि जितेन्द्र सिंहले ३१ रन र रसिद खानले २१ रनको योगदान दिएका थिए । पूर्वाञ्चलका पुष्प थापा र फिरदोस अन्सारीले २–२ विकेट लिएका थिए ।
जवाफमा १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको पूर्वाञ्चलले निर्धारित ओभरमा ९ विकेट गुमाई १ सय १६ रनमात्र बनाउन सक्यो । पूर्वाञ्चलकालागि मिनेश थापाले १७ रन र पुष्प थापाले १३ रनको योगदान गरेका थिए । मध्यमाञ्चलका हसिम अन्सारी ३ विकेट र रुपेश श्रीबास्तवले २ विकेट लिएका थिए ।
महिला क्रिकेट
८ पुस, इटहरी/ वृहत सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत इटहरीमा आज भएको महिला क्रिकेटमा शस्त्र प्रहरीको एपिएफ र पूर्वाञ्चल विजयी भएका छन ।
पहिलो खेलमा एपिएफले मध्यपश्चिमाञ्चललाई ६१ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गमाई १ सय १५ रन बनाएको छ । सरीता मगर ४३ रन र विनु बुढा मगरले ३३ रनको योगदान गरेकी थिइन् ।
जवाफमा १ सय १६ रनको विजय लक्ष्य पछ्याएको मध्यपश्चिमाञ्चलले निर्धारित ओभरमा ८ विकेट गमाई ५४ रनमात्र जोड्न सक्यो । मध्यमाञ्चलका कुनै पनि ब्याटस्वुमनले दोहोरो अंकलाई छुन सकेनन् । एपिएफका सोनु खडकाले ३ विकेट र करुणा भन्डारीले २ विकेट लिएका थिए ।
दोस्रो खेलमा पूर्वाञ्चलले पश्मिाञ्चललाई ५० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पूवाञ्चलले निर्धारित २० ओभरमा ४ विकेटमा १ सय ४ रनको योगफल तयार पारेको छ । रोमा थापाले ५७ रन र रश्मिी शर्माले २० रनको योगदान दिएकी थिइन् ।
पश्मिाञ्चलकी बर्षा रानाले सवार्धिक २ विकेट लिएकी थिइन् ।
जवाफमा १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको पश्मिाञ्चलले १५ ओभरमा सवै विकेट गुमाई ५४ रनमात्र बनाउन सक्यो । कुनै पनि ब्याटस्वुमनले दोहोरो अंकलाई छुन सकेनन् । पूर्वाञ्चलकी संगीता राई ३ विकेट र कविता गौतमले २ विकेट लिएकी थिइन् ।