AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ पुष २०७३, बिहीबार १८:४२
3
Shares
७ पुस ,काठमाडौं /व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएको छ ।
आयल निगमले मंगलबार पेट्रोलिय पदार्थमा चार रुपैयाँ ५० पैसा मूल्यवृद्धि गरेको थियो ।
उपसमितिको आज बसेको बैठकले नेपाल आयल निगम र आपूर्ति मन्त्रालयलाई मूल्यवृद्धिको निर्णय स्थगन गर्न निर्देशन दिएको हो ।
आयल निगमले पेश गरेको तर्क उपयुक्त नभएकोले मुल्यवृद्धि निर्णय फिर्ता लिन निर्देशन दिएको समितिे जानकारी गराएको छ । आयल निगमले रक्सौलमा तेलको मुल्य बढी भएकोले चोरी निकासी हुने भन्दै मुल्य बढाएको तर्क पेश गरेको थियो ।
समिति अन्तर्गतको उपभोक्ता उपसमिति बैठकले नेपाल आयल निगम र आपूर्ति मन्त्रालयलाई मूल्यवृद्धिको निर्णय स्थगन गर्न निर्देशन दिएको हो । निगमको तर्क आधारहिन भएको भन्दै समितिले यस्तो आदेश दिएको हो।
निगम आफैंले बनाएको कार्यबिधि विपरीत तेलको मूल्य बढाएको भन्दै उपसमितिले तत्काल पुरानै मूल्य कायम राख्न निर्देशन दिएको हो । अब समितिको निर्देशनअनुसार निगमले मूल्य घटाए फेरि पेट्रोलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ, डिजेल ७३ रुपैयाँ र मटितेल ७३ रुपैयाँ कायम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर