CLASSICTECH NET

पुलिस क्लब र आर्मीले विजयी

खबर पूर्वाञ्चल, ४ पुष २०७३, सोमबार १९:१६
४, पुस दुहवी/ सुनरीमा जारी सातौं राष्ट्रिय खेलकुदको महिला फुटबल अन्तरगत आज भएको खेलमा नेपाल पुलिस क्लब र आर्मीे विजयी भएका छन् ।
सुनरीको दुहवी स्थित खेलमैदानमा भएको पहिलो खेलमा पुलिसले पश्चिमाञ्चललाई ४–० र दोश्रो खेलमा आर्मीले पूर्वाञ्चललाई ३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सानदार जित हासिल गरेको हो ।
पहिलो खेलमा मैदानमा दबदबा बनाएको पुलिसका लागि खेलको दुइ मिनेटमा नै निरु थापाले गोल गर्दै टोलीलाई एक शुन्यको अग्रता दिलाएकी थिइन् । त्यसपछि सम्हालिन नसकेको पश्चिमाञ्चलले १९ मिनेट मै अर्को गोल खान पुग्यो । जसमा यशोदा लामाले गोल गरेकी थिइन् ।
पहिलो हाफमा दुइ शुन्यले अग्रता बनाएको नेपाल पुलिस क्लबका लागि ४६ औं मिनेटमा सिर्जना खड्काले अर्काे गोल गरिन् । त्यसको लगत्तै पुलिसकै मञ्जुले ५७ औं मिनेटमा अर्काे एक गोल गर्दै टिमलाइ जिताइन् । खेलको प्लेयर्स अफदी म्याच यशोदा लामा घोषित भइन् ।
दोश्रो खेलको पहिलो हाफको १६ मिनेटमा गोल गर्दै आर्मीकी सुस्मिता तामाङले अग्रता दिलाएकी थिइन् । त्यस्तै खेलको ५४ औं मिनेटमा आर्मीकै इन्दीरा राइले अर्काे गोल गर्न सफल भइन् । ै इन्जुरी समयमा एक गोल गर्दै पुनः इन्दीरा राइ टिमलाइ विजय बनाउदै प्लेयर्स अफदी म्याच घोषित भइन् । भोली पहिलो खेलमा सुदुर पश्चिमाञ्चलले शसस्त्र प्रहरीको र दोश्रो खेलमा मध्यपश्चिमाञ्चलले मध्यमाञ्चलको सामना गर्ने छन् ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५