RUMPUM
animated ellipse animated ellipse

मझारेमा साँस्कृतिक पोशाक प्रदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ पुष २०७३, शनिबार १९:५६
3
Shares
२ पुस,विराटनगर / संन्थाल जातीहरुको सांस्कृतिक जगेर्नाका लागि मोरङको मझारेमा आज विशेष कार्यक्रमको आयोजना गरी साँस्कृतिक पोशाक प्रदान गरिएको छ ।
मझारे–३ दुर्गा मा.वि.मा आयोजित कार्यक्रममा क्षेत्र नम्बर ५ का सांसद अमृत अर्यालले २ सय ४० थान सन्थाल जाातिको पोशाक टोलका प्रमुखहरुलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा सन्थाल जातीबाट गतवर्ष एसएलसी परीक्षा उत्तिर्ण गर्ने तीनजना छात्रालाई प्रोत्साहनका लागि साइकल उपलब्ध गराइएको थियो ।
साइकल पाउनेमा भातीगछ–५ की लक्ष्मी मुर्मु, मझारे–७ की रेगिता हेमरम र सिसवनी जहदा–८ की विभुती मुर्मु रहेकी छिन् । सन्थाल जातीमा एसएलसी उत्तिर्ण गर्दा उत्कृष्ट अंक ल्याएको भन्दै प्रोत्साहनका लागि साइकल प्रदान गरिएको जिल्ला सदस्य नवराज पाण्डेले जानकारी दिए ।
कार्यक्रममा क्षेत्र नम्बर पाँचबाट निर्वाचित सांसद अर्यालले सन्थाल जातीको विकासमा सहयोग पु¥याएको भन्दै सम्मान गरिएको थियो । कार्यक्रममा सांसद अर्यालले सन्थाल जातीको विकासमा निरन्तर लागिपर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
सन्थाल जातीका अगुवा डा.श्यामलाल हेमरमले जुनसुकै सरकार आएपनि सन्थाल समुदायको विकासमा सहयोग पु¥याउने नेतृत्वलाई स्थापित गराउन आफ्नो समुदाय लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर