२ पुस,विराटनगर / मोरङ र सुनसरीका मैनाली सामुदायहरु संगठित भएका छन् । विराटनगरमा आज सुनसरी र मोरङका मैनाली सामुदायको प्रथम साधरण सभा गरी संगठित भएका हुन ।
सभाले सदानन्द मैनालीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेकोे छ । समितिको उपाध्यक्षमा भानुभत्त मैनाली, सचिबमा गोविन्द मैनाली र कोषाध्यक्षमा लक्ष्मी प्रसाद मैनाली रहेका छन् । समितिको अन्य सदस्यहरुमा सारदा मैनाली, रणधर मैनाली, लिला मैनाली, कल्पना मैनाली, कमलबावु मैनाली, यम मैनाली चएन भएको छ । भेलाले ६० जनालाई मैनाली समाजको आजिवन सदस्य बनाएको कार्यसमिति सदस्य शारदा मैनाललीले जानकारी दिइनन् ।
सोही अवसरमा मैनाली समाजको जेष्ठ नागरीक ज्ञयनाथ मैनालीलाई सम्मान समेत गरेको छ । कार्यक्रममा मैनाली समाजको केन्द्रीय उपाध्यक्ष मिन प्रशाद मैनाली, सचिब डिल्लीराम मैनाली जर सदस्य रामप्रसाद मैनालीको सहभागीता रहेको थियो ।