घरबाट टाढाः नेपाली प्रवासी कथा श्रव्य–फोटो प्रदर्शनी
पूर्वाञ्चल खबर
२ पुष २०७३, शनिबार १५:४०
3
Shares
विराटनगर २ पुष । अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा अनौपचारिक क्षेत्रमा कार्यरत अप्रवासी महिलाहरुका कथा र अनुभवलाई समेटिएका घरबाट टाढाः नेपाली प्रवासी कथा नामक श्रव्य–फोटो प्रदर्शनी गरिने भएको छ ।
डिसेम्बर १८ का दिन सुरक्षित बैदेशिक रोजगारको प्रतिबद्धता, हामी सबैको ऐक्यबद्धताको नारा सहित जिल्ला विकास समिती मोरङको सभाहलमा ३० जना आप्रवासी महिलाहरुको दैनिकी काम र अनुभवलाई श्रव्य तथा फोटोको माध्यमबाट प्रर्दशनी गरिने भएको छ ।
विराटनगरमा शनिबार महिला पुनस्र्थापना केन्द्र विराटनगर तथा मदन पुरस्कार पुस्ताकलयले सयुक्त रुपमा पत्रकार सम्मेलन गरी मोरङ,झापा, ईलाम, बर्दिया, महेन्द्रनगरर काठमान्डौं लगायत जिल्लाबाट भारतको विभिन्न स्थानहरुमा पुगेका महिलाहरुको कथावस्तु समेटिएको फोटो पदर्शनी गरिने भएको हो ।
दक्षिण एसियाली अनुसन्धान र विनिमयका लागी एचआरआई, पौरखी,डयान चर्च एड, स्टिचिङ रोटरडयाड, महिला पुनस्र्थापना केन्द्र र मदन पुरस्कार पुस्ताकलयले सयुक्त रुपमा पौष ३ गते फोटो प्रर्दशनी गर्न लागेको हो ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा मोरङ र सुनसरीको विभिन्न स्थानहरुमा सप्ताव्यापी कार्यक्रम पनि गरिने महिला पुनस्र्थापना केन्द्र विराटनगरी मौसम राईले जानकारी दिईन् ।