१ पुस विराटनगर /नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सरकार र सत्तारुढ दलहरु जनतालाई भिडन्त गराएर राजनीतिक द्वन्द्व सिर्जना गर्नतिर लागेको आरोप लगाए ।
काठमाडौं जाने क्रममा विराटनगर विमानस्थलमा आज स्थानिय संचारकर्मीसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन् । सरकार र सत्तापक्षीय दलहरु चुनाव नगराउने मनसायका साथ अगाडि आएकाले समस्या आएको ओलीले आरोप लगाए । राजनीतिक गतिरोधको अन्त्य चुनाव गराएपछि हुने बताउँदै उनले सत्तापक्षीय दलहरु चुनाव गराउने मनसायमै नदेखिएको आरोप लगाए ।
सरकारले आफूसँगको भेटमा कहिले स्थानीय निकायको चुनाव गर्ने भन्ने र कहिले स्थानीय तहको भन्ने गरेको बताउँदै ओलीले सरकारले गर्न खोजेको के हो बुझ्नै नसकिएको बताएका छन् । ११ महिनामा स्थानीय तह, संघीय संसद र केन्द्रको निर्वाचन गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले नियम अनुसार यही मंसिरमा निर्वाचन गर्नुपर्ने थियो । अहिलेसम्म चुनावको मिति कहिले गर्ने कसरी गर्ने सरकार प्रष्ट नदेखिएको बताएका छन् ।
एमालेलाई गतिरोध लम्ब्यायो भनेर आरोप लगाउन खोजिएको भन्दै अध्यक्ष आलीले अहिलेको सरकारले आफ्नो नेतृत्वको सरकारले तयार पारेको केही काम पनि गर्न नसकेर यस्तो आरोप लगाएको छन् ।