AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाल भारतसँग ६ विकेटले पराजित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ पुष २०७३, शुक्रबार १६:४९
3
Shares
फाइल तस्वीर
१ पुस विराटनगर /नेपाल युथ–१९ एसिया कपमा भारतसँग ६ विकेटले पराजित भएको छ । यो नेपालको लगातार दोस्रो हार हो ।
आज भएको दोसो खेलमा नेपालले भारतलाई जीतका लागि १ सय ७३ रनको लक्ष्य दिएको थियो ।
भारतले सो लक्ष्य ३३ दशमलव ३ बलमा ४ विकेट गुमाउँदै नेपालले छाडेका १ सय ७३ रन लक्ष्य पार गरेको थियो । यस अधि बिहिबार भएको खेलमा नेपाल श्रीलंकासँग १ रनले झिनो अन्तरले पराजित भई उच्च मनोवलका साथ मैदानमा प्रवेश गरेको नेपालले टस जितेर पहिलो ब्याटिङ गरी राम्रो सुरुवात राम्रो हुन सकेन ।
नेपालले पुरै पचास ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय ७२ रन बनाको थियो । तर तल्लो क्रममा ब्याटिङ गर्न उत्रिएका रोहितकुमार पौडेलले अविजित ६८ रन बनाएका थिए । श्रीलंकाविरुद्ध ९० रन बनाएका दिपेन्द्र ऐरीले ३४ रनको योगदान दिएका थिए । भारतका चाहरले ५ विकेट लिएका थिए । उसका लागि सुभम गिलले सर्वा्धिक ५७ रन बनाए भने हिमान्सु राणाले ५१ रन दिए । नेपालका पवन सर्राफले ३ विकेट र कप्तान सन्दिप लामिछानेले १ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर