१ पुस विराटनगर/ स्थापना कालदेखिनै शैक्षिक जगतमा विशिष्ट पहिचान बनाउँदै आएको विराटनगर १३ मा रहेको अर्किड उ.मा.वि.ले कक्षा ११ को बार्षिक परीक्षामा सर्वोकृष्ट हुने विद्यार्थीहरुलाई आज एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
विज्ञान संकायमा २२ र ब्यवस्थान संकायमा ३ गरी ३ सय ८७ जना विद्यार्थी पास भएका कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले बताए । विज्ञान संकायकी निश्मा गुरागाईले ८३% र ब्यवस्थान संकायका रोशन थापाले ७८ % ल्याएका थिए ।
उनीहरुलाई हिसान मोरङका अध्यक्ष बलराम पन्त निहारीका कलेजका प्रिन्सिपल अमित ढकाल, अर्किड उ.मा.विका अध्यक्ष सिएम रिजाल र कलेजका प्रिन्सिपल दिपेशबास्तोलालगायत कलेजका शिक्षक तथा शिक्षिकाहरुले फूल माला र अविरले लगाइ सम्मान गरेका थिए ।