३० मंसिर,विराटनगर/ मोरङको मझारेमा वैदोशिक रोजगार कानुन सम्बन्धी एक दिने गाविस स्तरीय अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ ।
वैदेशिक रोजगारमा जादा कानुनको बारेमा जानकारी गराउने उद्देश्यले पिपुल फोरमले मझारेमा अभिमुखिकरण तालिम आयोजना गरेको हो । रोजगारमा जाने क्रममा युवाहरु नठगिउन र ठगिएकोबाट आफनो लागानि उठाउन कानुनी प्रक्रियाबारे युवालाई तालिममा जानकारी गराएको अधिवक्ता कला त्रितालले जानकारी दिए ।
तालिममा ४० जना युवाको सहभागिता रहेको थियो । तालिममा सहजिकरण अधिवक्ता त्रिताल र मिना गिरीले गरेक थिए ।