AArya
RUMPUM
animated ellipse animated ellipse

संसोधानको कार्यलाई थाँती राखेर निर्वाचनमा जानुपर्ने -गच्छदार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ मंसिर २०७३, बुधबार २१:५३
3
Shares
फाइल तस्वीर
२९ मंसिर, विराटनगर /मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मुख्य दलहरुबीच सहमति नजुटे संविधान संसोधानको कार्यलाई थाँती राखेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज विहान स्थानिय सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष गच्छदारले, संविधान संशोधनको विषयमा दलबीच मतभेद बढ्दै गएकाले सहमति नभए संविधान संशोधानलाई थाँती राख्दै तीनै तहको निर्वाचनमा जाँदा उपयुक्त हुने बताए । उनले संविधान संशोधान गर्ने विषयमा प्रमुख प्रतिपक्ष एमाले, सत्ता पक्ष कांग्रेस र माओवादी केन्द्रबीच राजनीतिक द्वन्द्व बढेको उल्लेख गरे ।
संविधान कार्यान्वनयका लागि पनि निर्वाचन आवश्यक भएकाले मुख्य तीन दलले सहमति कायम गरेर निर्वाचनको वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । संविधान संशोधानका विषयमा मुख्य दलबीच जारी द्वन्द्वलाई समयमै व्यवस्थापन गर्न नसके संविधान धरापमा पर्ने र प्राप्त उपलब्धि पनि गुम्ने खतरा रहेको औंल्याए ।
पुरानै संरचनामा भए पनि स्थानीय तहको निर्वाचनमा जानुपर्ने उनले बताए । प्रमुख प्रतिपक्षी एमालेलाई बाहिर राखेर कुनै पनि हालतमा संविधान संशोधान गर्न नमिल्ने अध्यक्ष गच्छदारले जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर