RUMPUM
animated ellipse animated ellipse

कराँते र सुटिङको पूर्वाञ्चल क्षेत्रीय छनौट प्रतियोगिता सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ मंसिर २०७३, बुधबार १९:३१
3
Shares

२९ मंसिर, विराटनगर/ सातौं राष्ट्रिय खेलकुद अन्तरगत कराँते र सुटिङको पूर्वाञ्चल क्षेत्रीय छनौट प्रतियोगिता आज विराटनगरमा सम्पन्न भएको छ ।

विराटनगरको कवडहलमा भएको क्षेत्रीय छनौट प्रतियोगिताबाट कुमुते महिलाततर्फ ४५ केजी तौल समूहमा इलामकी प्रिया बस्नेत, ५० केजी तौल समूहमा सुनसरीकी जिना सुब्बा, ५५ केजी तौल समूहमा मोरङकी रमिता थापा छनौट भएका छन् । त्यस्तै ६१ केजी तौल समूहमा भोजपुरकी अस्मिता राई, ६८ केजी मुनिमा खोटाङकी मिस्डोना राई र ६८ केजीमाथि मोङरकी रोजीना लिम्बू छनोट भए ।

त्यसैगरी कुमुते पुरुषतर्फ ५० केजी तौल समूहमा मोरङका दिपेश थापा, ५५ केजी तौल समूहमा मोरङका रोजन खड्का, ६० केजी तौल समूहमा खोटाङका सन्तोष राई छनौट भएका छन् । त्यस्तै ६७ केजी तौल समूहमा झापाका सरोज चौहान, ७५ केजी तौल समूहमा झापाका सन्त राई, ८४ केजीमुनि मोरङका ईश्वर माझी र ८४ केजीमाथि खोटाङका संजयकुमार राई छनोट भएका छन् ।

मोरङको झापाबैजनाथपुरमा भएको सुटिङबाट सातौं राष्ट्रिय खेलकुदकालागि पूर्वाञ्चलबाट १२ जना खेलाडीहरु छनौट भएका छन् । जसमा महिला राइफलतर्फ ३ जना र पित्तलतर्फ ३ जना खेलाडीहरु छनौट भएका छन् । त्यस्तै पुरुष राइफलतर्फ ३ जना र पित्तलतर्फ ३ जना खेलाडीहरु छनौट भएका छन् । प्रतियोगितामा मोरङबाट १२ जना, उदयपुरबाट १ जना र झापा, सुनसरी र सप्तरीबाट ६–६ जना खेलाडी गरी ३१ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

पुस ८ गतेदेखि हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजदेखि विराटनगरमा खोखोको क्षेत्रीय छनौट प्रतियोगिता सुरु भएको छ ।

खोखो खेलमा पूर्वाञ्चलबाट मोरङ, झापा र सप्तरी जिल्लाको सहभागिता रहेको छ । प्रतियोगितामा तीन जिल्लाका ३६ जना पुरुष र झापा तथा मोरङका २४ जना महिला खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत आज भएको छनौट खेलमा महिलातर्फ १४ स्कोर ल्याउँदै मोरङ प्रथम र ११ स्कोर ल्याएर झापा द्वितीय भएको छ । त्यस्तै पुरुषतर्फ २० स्कोर ल्याएर मोरङ प्रथम र ४ स्कोर ल्याएर सप्तरी द्वितीय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर