AArya
RUMPUM
animated ellipse animated ellipse

लिम्बु समुदाय चासोक तङ्नाम मनाउदैं

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ मंसिर २०७३, मंगलवार १८:२८
9
Shares
२८ मंसिर ,उर्लाबारीे / किराँत याक्थुम चुम्लुङ राजघाटको आयोजनामा मोरङको राजघाटमा विगत वर्षमा झै यसबर्ष पनि लिम्बू जातिको मुख्य चाँड ‘चासोक तङ्नाम धुमाधामका साथ मनाइएको छ ।
राजघाटको आम्बारी खेल मैदान परिसरमा चासोक पर्वको उपलक्ष्यमा आयोजित साँस्कृतिक कार्यक्रममा जातिय सद्भाव सहित मारुनी नृत्य,हुर्रा नाँच,केलाङ (च्याब्रुङ) नृत्य प्रस्तुत गरिएको थियो ।
राजघाटमा हरेक बर्ष चासोक तङ्नामको अवसरमा तिन दिनसम्म मेलाको आयोजना हुन्छ । आजबाट औपचारिक रुपमा मेलाको उद्घाट भएको मेला संयोजक प्रकाश कन्दङ्वाले जानकारी दिए । सो अबसरमा चासोक पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी राजघाट गाविस सचिव नबराज पवराजुलीले कार्यक्रममा बोल्दै राजघाटमा मनाईएको चासोक पर्वले सबैलाई समेटेकोले जातिय सद्भाव बढाएको बताएका छन् । सबै जाति सहभागी भई आफ्नो आफ्नो कलासंस्कृति देखाएकोले पनि चासोकको थप रौनक बढेको पराजुलीले बताए ।
किराँत याक्थुम चुम्लुङ राजघाटका अध्यक्ष जिवन पोमुको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन चुम्लुङका सचिव अमर सेलिङले कार्यक्रमको सञ्चालन गरेका थिए ।
के हो चासोक तङ्नाम ?
लिम्बु भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङनाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । परम्परादेखि घरघरमा चासोक तङनाम मनाउदै आए पनि डेढ दशकयता यसलाई आदिवासी जनजाति लिम्बुलगायत चार किरातीले आप्mनै शैलीमा सामूहिक रुपमा सार्वजनिक माङहिम र स्थलमा भेला भई तीन दिनसम्म मनाउन थालेका छन् ।
रिसराग, इष्र्या बिर्सेर चासोक तङनाममा आत्मीयतासाथ लिम्बु दाजुभाइ एवं दिदीबहिनीले भेटघाट र शुभकामना आदानप्रदान गर्छन् । खाद्य परिकार चाम्रे, याङबेन (झ्याउ), सिगोले, फिलिङ्गे र फुदोको अचार, कोदोको तोङवा, तीनपाने रक्सी बनाएर खाने गर्छन् । पाहुनाको सेवासत्कार गर्छन् । चेलीबेटी हुक्वा (आफैले बनाएको शोभित) र अन्य प्रकारको चेसुङ (कोसेली) साथ माइतीघर आउनेजाने गर्छन् ।
युवा सार्वजनिक स्थानमा भेला भई परम्परागत जातीय खेल ‘पक्लुङ’ छेलो हान्ने खेल) खेल्नुका साथै माछा मार्ने गर्छन् । सामूहिक रुपमा केलाङ (च्याब्रङ) बजाएर र्छुइ र्छुइ हा सरलाइमा सर भन्दै नाच्छन् । नाता नपर्ने तरुणतन्नेरी जातीय पहिरन र गहनामा सजिएर एकआपसमा हात समाउदै मायाप्रीतिका गीतलाई पालामको भाकामा स्वर उरालेर ‘यालाङ’ (धाननाच) नाँच्छन् । प्रौढ, वृद्धवृद्धा मुन्धुमी साम्लो, हाक्पारे आदि गीत गाएर मनोरन्जन गर्छन् ।
यस चाडले जातीय पहिचान र सांस्कृतिक गौरव बढाउनुका साथैं सामाजिक सद्धभाव, एकता र पारस्परिक सहयोगको भावना पनि विकास गरेको छ । पुरानो पुस्ताका लिम्बूले आप्mनो संस्कार संस्कृति नयाँ पुस्तालाई चासोकको माध्यमबाट हस्तान्तरण गर्ने चलन छ । चासोक तङ्नाममा आयोजना हुने कार्यक्रममा गैह्रलिम्बू समुदायका मानिसहरुको पनि बाक्लो उपस्थिती रहदै आएको छ । जसले गर्दा जातिय सद्भावको विकास गराएको जानकारहरु बताउछन् ।
यसपर्वमा लिम्बू जातिका मानिसहरुले शुभकामना साटासाट गर्दै उत्सवका रुपमा मनाउने चलन रहेको छ यसपर्वले भाइचारा,आपसि सद्भाव बढाउने लिम्बूहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर