२५ मंसिर,विराटनगर/ मोरङ्ग जिल्लाका सम्पूर्ण सहकारी संघ÷संस्थाको छाता संगठन जिल्ला सहकारी संघ मोरङ्गको हिजो सम्पन्न २४ औं साधारणसभाले निर्वतमान अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षतामा नया संचालक समिति चयन गरेको छ । पोखरेललाई साधारण सभाले निर्बीरोध निर्वाचित गरेको थियो ।
सो साधारणसभाले बरिष्ठ उपाध्यक्षमा सहकारी संस्था लि. झोराहाटका विजय कुमार माझी, उपाध्यक्षमा दिपज्योती नारी विकास बचत तथा ऋण सहकारी संस्था लि. वेलवारीकी पार्वती बराल, सचिवमा गोपाल बहुउद्देश्यीय सहकारी संस्था लि. विराटनगरका विरेन्द्र यादव, सह–सचिवमा कृषि सहकारी संस्था लि. ईटहराका देवेन्द्र पौड्याल, र कोषाध्यक्षमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. का राकेश दाहाललाई चयन गरेको छ ।
हिजो अबेर सम्पन्न संचालक सदस्यको निर्वाचनमा सुकुना बचत तथा ऋण सहकारी संस्था लि. कोशी हरैचाका टिका प्रसाद कट्टेल, श्री सगरमाथा बहुउद्देश्यीय उर्लावारीका चन्द्र प्रसाद भट्टराई, राष्ट्रसेवक बहुमुखी सहकारी विराटनगरका गणेश बहादुर कार्की, स्वाती बचत तथा ऋण विराटनगरकी संगिता दाहाल, मनकामना पथरीका युवराज भट्टराई निर्वाचित भएका छन् ।
त्यसैगरी बुद्धोदय बचत तथा ऋणका राजेन्द्र खनाल, रंगेली बचत तथा ऋण रंगेलीका लक्ष्मी मेहत्ता, अग्रसर बचत तथा ऋण शनिश्चरेका योगराज पौड्याल, कृपालक्ष्मी विराटनगरका अमृत गुरुङ्ग, युनिभर्षल तेतरियाका कृष्ण कुमार सरदार र लालीगुरास बचत तथा ऋण बेलवारीका दुर्गा प्रसाद गौत्तम निर्वाचित भएका छन् ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरुको हिजो नै पदस्थापन गरिएको थियो ।