CLASSICTECH NET

साप्ताहिक राशिफल मंसिर २५- पुष १

खबर पूर्वाञ्चल, २५ मंसिर २०७३, शनिबार ०७:४५
मेष राशि
मनमा चञ्चलता बढ्नेछ । यात्रा हुने योग छ । पढाइमा भने त्यति मन नजाला । व्यापार व्यवसायमा खासै प्रगति देखिदैन । धार्मिक कार्यतिर रुचि जाग्नेछ । परिवारसँग बसेर दिन बित्नेछ ।
वृष राशि
व्यापार व्यवसायबाट सन्तुष्टि मिल्नेछ । आँखामा समस्या देखा पर्ला । समाजमा मान प्रतिष्ठाको वृद्धि हुनेछ । जागिरमा पदोन्नति हुने योग छ । मित्र तथा प्रियजनहरुको सहयोग प्राप्त हुनेछ ।
मिथुन राशि
पठन पाठनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सामान्य लाभ प्राप्त होला । सामाजिक पद प्रतिष्ठा मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या देखा पर्ला । खर्चमा वृद्धि हुनेछ । आफन्त तथा साथीभाइको सहयोग मिलन्ेछ ।
कर्कट राशि
अधुरा रहेका कार्यहरु पूर्ण हुनेछन् । शारीरिक आलस्यता बढ्नेछ । पारिवारिक कलह हुन सक्ला । व्यापार व्यवसायमा सफलता मिल्नेछ । स्वास्थ्य सामान्य रहनेछ । अध्ययन अध्यापनमा खासै मन जाने देखिदैन ।
सिंह राशि
धार्मिक कार्यमा मन लाग्नेछ । शारीरिक स्वास्थ्य राम्रो रहनेछ । आफन्तको सहयोग पाइनेछ । साझेदारी कार्यमा अवरोध आउनेछ । व्यापार व्यवसाय सामान्य रहनेछ । अध्ययन अध्यापनमा रुचि घट्ने देखिन्छ ।
कन्या राशि
स्वास्थ्यमा सामान्य समस्या देखा पर्नेछ । सन्तानबाट सहयोग पाइनेछ । बसाइ सराइको योग छ । अध्ययन अध्यापनमा खर्च बढ्नेछ । मित्रबाट सहयोग मिल्नेछ । कार्यमा अनावश्यक तनाव बढ्नेछ ।
तुला राशि
केटा केटीबीच प्रेम प्रसङ्ग चल्नेछ । राजनीतिमा सफलता मिल्नेछ । पारिवारिक सुख प्राप्त होला । यात्रा फलदायी रहनेछ । पेटको समस्या भने देखा पर्न सक्छ । आफन्तमा मनमुटावको स्थिति रहनेछ ।
वृश्चिक राशि
आय आर्जन सामान्य रहनेछ । अचल सम्कत्तिमा किचलो उत्पन्न हुन सक्नेछ । विपरित लिङ्गीले धोका दिन सक्नेछन् । स्वास्थ्यमा समस्या देखा पर्ला । खर्चमा वृद्धि हुनेछ । चौपाया दोपायाबाट भय रहनेछ ।
धनु राशि
स्वास्थ्यमा समस्या आउला । व्यापार व्यवसायमा भने वृद्धि हुनेछ । दाजुभाइबाट सहयोग मिल्नेछ । शत्रुहरुले तपाईको कदर गर्नेछन् । धार्मिक कार्यमा समय व्यतित हुनेछ । जागिर पाइने वा पदोन्नति हुने योग छ ।
मकर राशि
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । साहित्यिक कार्यमा संलग्न हुनुपर्ला । विपरित लिङ्गीबाट व्यापार व्यवसायमा अवरोध आउन सक्ला । सन्तानबाट सहयोग नमिल्दा मनमा दुःख चिन्ता बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
कुम्भ राशि
पारिवारिक सहयोग मिल्ने हुँदा गरेका कार्यबाट आर्थिक लाभ हुनेछ । स्वास्थ्य अनुकूल नै रहनेछ । सामाजिक क्षेत्रमा लोकोपवाद, लाग्न सक्ला । मानसिक द्वन्द्व बढ्नेछ । पति पत्नीबीचको सम्बन्ध प्रगाढ बन्नेछ ।
मीन राशि
दाजुभाइको सहयोग मिल्नेछ । मनमा क्रोध बढ्ने हुँदा थोरै बोल्नु राम्रो होला । स्वास्थ्यमा सामान्य गडबडी हुने देखिन्छ । व्यापार व्यवसायमा उन्नति हुनेछ । यात्रामा अवरोध आउनेछ । नजिकका आफन्तको विछोड होला ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५