पूर्वाञ्चल खबर
२३ मंसिर, विराटनगर / नेकपा एमाले मोरङको आगमी पुस २३ गतेदेखि हुने जिल्ला अधिवेशनको लागि पार्टीको संस्थापन पक्षबाट अध्यक्षको उम्मेदवारी घोषणा गरिएको छ ।
विराटनगरमा बिहीबार भएको भेलाले विनोद ढकालको उम्मेदवारी घोषणा गरिएको हो ।
जिल्ला भरीका केपी ओली निकट कार्यकर्ताहरुको भेलाले सर्वसम्मत रुपमा ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उम्मेदवार चयन गर्नको लागि संस्थापन पक्षका नेताहरु गुरु बराल, राजेन्द्र गौतम, नरेश पोखरेलसहितको टिम बनाएको स्रोतले बतायो ।
पार्टीको उपाध्यक्ष, सचिब, सह–सचिबको उम्मेदवार भने थप छलफल गरेर टुङग्याउने एमालेका नेता नरेश पोखरेलले बताए । सो समूहबाट अध्यक्षका रुपमा अहिलेका सचिबका ऋिषिकेश पोखरेल, घनश्याम खतिवडा र रामलाल साहले दाबेदारी प्रस्तुत गरेका थिए । उम्मेदवार घोषणा गरिएका ढकाल एमालेको जिल्ला सचिब हुँदै एक कार्यकाल अध्यक्ष भइसकेका छन् ।
उनी अनेरास्वीयूको केन्द्रीय उपाध्यक्ष भएर जिल्लाको राजनैतिक गर्न आएका हुन ।