२३ मंसिर, विराटनगर/ टंकी सिनवारीमा रहेको जेभियर्स इङ्ग्लिस स्कुलको आयोजना तथा नोवेल मेडिकल कलेज विराटनगरको सहयोगमा विहिवार निशुल्क स्वास्थ शिविर संचालन गरिएको छ ।
शिविरमा पाँच सय भन्दा वढी विद्याथी तथा अभिभावकहरूले विभिन्न जाँच गराएका थिए ।
कार्यक्रममा नोवेल मेडिकल कलेजका जन सम्पर्क अधिकृत नारायण दाहालले स्वास्थ शिविरमा आउने विरामीहरूलाइ अस्पतालमा समेत पचास प्रतिशत छुट हुने जानकारी गराए । स्कुलका अध्यक्ष जित नारायण थापा मगरले स्कुलले पढाउने मात्र नभइ यस प्रकारका सेवामुलक कार्यहरू पटक–पटक गरिरहने वताएका छन् । कार्यक्रममा प्रिन्सिपल परेश पोखरेल, संचालक आर.सी.कोइराला लगायतले मन्तव्य राख्नु भएका थिए ।