सृजना ज्ञानकुन्ज र डिएभि अन्तिम आठमा

खबर पूर्वाञ्चल, २३ मंसिर २०७३, बिहीबार १५:५४
२३ मंसिर,विराटनगर /सृजना ज्ञानकुन्ज र डिएभि विराटनगरमा जारी पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता विहिबारको खेलमा विजयी भई अन्तिम आठमा प्रवेश गरेको छ ।
पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा भएको पहिलो खेल शिक्षादिप स्कूल र सृजना ज्ञानकुन्ज स्कूल विच हुनु पर्ने खेलमा शिक्षादिप स्कूल समयमा मैदानमा नआए पछि एम्पाएरले वाक ओभरमा सृजना ज्ञानकुन्ज विजयी गराएको हो ।
दोस्रो खेलमा डिएभि स्कूलले श्रीराम स्कूललाई २ विकेटले पाजित गरेको छ । टस जितेर ब्याटिङ गरेको श्रीरामले निर्धारित २० ओभरको खेलमा १० दशमलव १ बलमा सवै विकेट गुमाई ७४ रनको योगफल तयार पारेको थियोे । महमद अलीले १० रन तथा २६ रन अतिरिक्त पबाएको थियो । डिएभिका म्यान अफ द म्याच राज चौधरीले ४ विकेट लिएका थिए ।
जवाफमा ७५ रनको विजय लक्ष्य पछ्यौको डिएभिले १८ दशमलव २ बलमा ८ विकेट गुमाई सो विजय लक्ष्य पार गरेको थियो । राज चौधरी र अनित भचmाले ११–११ रन योगदान दिएका थिए । श्रीरामका सुवास मण्डलले किफायती बलिङ गर्दै४ ओभरमा ४ रन दिएर ५ विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५