२२ मंसिर, विराटनगर / रिजालको समूहले मोरङको हात्तीमुडामा सीपीभीसी पाइप उद्योग सञ्चालनमा ल्याएको छ ।
रिजालको समूहले हात्तीमुडामा ३५ करोड रुपैयाँको लगानीमा रिजालको फेनोलेक्स पोलीपार्क उद्योग सञ्चालनमा ल्याएको हो ।
उद्योगबाट बाथरुम र उद्योगका लागि आवश्यक पर्ने पाइपलगायतका सामग्री उत्पादन हुने आज सुनसरीको खनारमा आयोजित कार्यक्रममा सञ्चालक नवीन रिजालले जानकारी दिए ।
खिया प्रतिरोधक, आगोबाट सुरक्षित, २ सय डिग्रीसम्म पानीको तापक्रम सहन सक्ने र १ सय प्रतिशत लिक प्रुफ उद्योगका उत्पादनहरूको विशेषता सञ्चालक रिजालको भनाइ छ ।
रिजालको फेनोलेक्स पोलीपार्क उद्योग २ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा हाल ४० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । सञ्चालक रिजालका अनुसार अहिलेसम्मको सबैभन्दा अत्याधुनिक प्रविधि उद्योगमा जडान गरिएको छ