AArya
RUMPUM
animated ellipse animated ellipse

धरानमा चलचित्र महोत्सवको तयारी तिव्र

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ मंसिर २०७३, बुधबार १८:४३
3
Shares
२२, मंसिर, काठमाण्डौं/ अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा ‘अन्तराष्ट्रिय चलचित्र महोत्सब नेपाल(२०१७’ आयोजना हुने भएको छ ।
काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका संयोजक एवं आयोजक संस्थाका संयोजक केपी पाठकले भने–‘ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख अतिथिको रुपमा यो महोत्सबको आगामी पुष २७ गते बिहान १० बजे धरानमा रहेको सभा गृहको प्रेक्षालयमा उदघाटन गर्नुहुनेछ ।
प्रदेश नम्बर १ बाट सुरु हुने महोत्सव सात बर्ष भित्र ७ वटै प्रदेशमा र्पुयाउने लक्ष्य राखिएको छ । अवार्डका निर्णायक समेत रहेका महानायक राजेश हमालले यस्ता महोत्सवले अन्तराष्ट्रिय चलचित्र संस्कृति आदन प्रदानमा सहयोग पुग्ने बताए । उनले नेपाली फिल्म हब बन्दै छ भन्ने सन्देश विश्व बजारमा जाने बताए ।
२२ वटा देशबाट चलचित्र, वृत्तचित्र, काटुर्न चलचित्र, छोटा चलचित्र गरि २ सय १ वटा चलचित्र प्राप्त भएको थियो । निर्णायकले २२ वटा देशका राम्रा चलचित्र छानेको छ ।
जसमा नेपाल, चीन, भारत, वंगलादेश, श्रीलंका, जापान, इरान, क्युवा, इजिप्ट, रुस, स्टोनीया, काजकिस्तान, जर्मनी, मोन्टेनेग्रो र टर्की गरी १५ देशका ४६ ओटा सिनेमा प्रारम्भिक चयन समितिले छनौट गरेको छ । सो समिति चयन गरेका सिनेमाहरुमा फिचर फिल्म, सर्ट फिल्म, डक्युमेन्ट्री, डक्युड्रामा र कार्टुन फिल्म रहेका छन् । अन्तिम प्रतिस्पर्धाका लागि छानिएका चलचित्रहरु महोत्सबमा पाँच दिन प्रदर्शन गरिने छ ।
नेपाल पानोरमा अन्तर्गत नेपाली चलचित्रहरुको मात्र प्रतिस्पर्धा हुनेछ भने अन्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत नेपाल लगायत बाँकी देशका सिनेमाहरुबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर